विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्यटकीय गन्तव्य बन्दै सिरहाको बाबा ताल

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा, सिरहा,माघ २५ गते ।

सिरहा जिल्लाका कर्जन्हा नगरपालिका वडा नं.२ बन्दीपुर स्थित बाबा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्ग स्थित सिराहाको बन्दीपुरबाट कारिब दुई किलोमिटर उत्तरतर्फ कर्जन्हा नगरपालिका वडा नं.२ बन्दीपुर स्थित बाबा ताल हरियो जङ्गलको मनोरम दृश्य देखिने बाबा ताल किनारमै मोक्षश्वर महादेव मन्दिर छ ।
सुन्दर र शान्त देखिने बाबा तालमा दिनभरी आन्तरिक तथा बाहिरी पर्यटकको घुइँचो लागेको हुन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्यटकहरू दिनभरी रमाउँदै तालमा डुङ्गा सयर गरिरहेका हुन्छन् । सौन्दर्यता अभिवृद्धि गर्न स्थानीय सरकारले चासो देखाएपछि तलको मुहार फेरिन लागेको हो । आसपासको क्षेत्रमा संरक्षित वन तथा तालको सौन्दर्यताले यतिबेला जोकोहीको मन तानिने गरेको वन संरक्षण समिति बन्दीपुरका अध्यक्ष अंजनी कुमार दाहालले बताए ।

सामुदायिक वनको मुहारमा रहेको बाबा तालमा हाल ५ तले भ्यु टावर निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

Karaiya Mai Notice Winter

दाहालको अनुसार अहिले“तल निकै मनमोहक रहेकाले यहाँ आउने जोकोही पनि मोहित हुने गरेका छन् ।” आन्तरिक पर्यटक मात्र नभएर भारतीय पर्यटक पनि यो तलमा रमाउनका लागि आउने गर्दछ । विशेष गरी बिदाको समयमा जिल्लाभित्रकै सर्वसाधारण बाबा तालमा रमाउन पुग्ने गरेका छन् ।

बााबा तालमा पिकनिक मनाउन तथा घुम्न आउनेहरुको संख्यामा वृद्धि हुँदै गएको स्थानीयवासीहरु बताउँछन् । विशेषगरी अङ्ग्रेजी नयाँ वर्ष तथा जाडो याममा पिकनिक मनाउन तथा घुम्न आउनेहरुका कारण बाबा ताल पर्यटक, कर्मचारी, विद्याथी, युवायुवतीले भरिएको हुन्छ । हिजो÷आज दैनिक २० देखि २५ जना समूहमा यहाँ वनभोज मनाउन आउने गर्दछन् ।

यस क्षेत्रमा शैक्षिक अध्यन, अवलोकन भम्रण गर्न शुक्रबार, शनिबार र बिदाका दिन कर्मचारी, विद्यार्थी तथा अन्य पर्यटक, युवायुवती रमाउन र मनोरञ्जनका लागि आउने गरेको वन संरक्षण समिति बन्दीपुर,सिरहाका संस्थापक अध्यक्ष भोल पोखरेलले बताउनुभयो ।

पोखरेलको अनुसार बाबा तालमा पिकनिक वा वनभोजका लागि सुविधा सम्पन्न सेडहरु निर्माण गरिएको छ । त्यस्तै खानेपानी, शौचालयका साथै पर्यटकहरुलाई तालमा डुङ्गाको (बोटिङ) व्यवस्थासमेत गरिएको छ ।तालमा डुङ्गाको (बोटिङ) गर्नको लागि प्रति व्यक्ति २५ रुपैया शुल्क राखिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed