विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत सुरुमा १५१ जनाको विमा गरियो

सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा।

माघ २६ गते आदर्श कोतवाल गाउँपालिकाको कार्यालय महेन्द्र आदर्श चिउटाहामा एक कार्यक्रम बिच मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा शिविरको समुदघाटन सामारोह गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आदर्श कोतवाल गाउँपालिकाका प्रमुख मुस्तुफा अन्सारीको प्रमुख आतिथ्य तथा आदर्श कोतवाल गाउँपालिकाका उप-प्रमुख पुनम देवी साहको अध्यक्षतामा सामारोहको समुदघाटन गरिएको छ। प्रमुख अतिथी आदर्श कोतवाल गाउँपालिकाका प्रमुख मुस्तुफा अन्सारीले भने १०००००/- लाख प्रदेश सरकारबाट दिने घोषण भएर निर्णय भइसकेको र अझ २००००० लाख दिने निर्णय प्रक्रियामा रहेको बताए ।

Karaiya Mai Notice Winter

त्यस्तै आदर्श कोतवाल गाउँपालिकाको तर्फबाट थप १००००० दिने घोषणा गरिएको छ। आउदो दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ। आफ्नो छोरीको शिक्षा बिमा गरि उजवल भविष्यको कामना सहित हार्दिक अपिल पनि गरिएको छ।

छोरी शिक्षा विमा, छोरी मुद्ती बचत कार्यक्रम अन्तर्गत मिति २०७५ साल माघ १ गते देखि जन्मिएको नवजात बालिकाहरु लाइ छोरी शिक्षा विमा /छोरी मुदती बचत खाता खोल्नु पर्ने कार्यक्रम रहेको छ।

उक्त योजना माघ २६ गते बाट सुरु भएको छ। सोही दिन बेलुका सम्मा १५१ जना बालिकाहरुको बिमा गरिएको छ। अरु बाकी रहेको बालिकाहरुको बिमा भोलि पनि गरिनेछ।

उक्त समुदघाटन सामारोहमा आदर्श कोतवाल गाउँपालिकाका सम्पुर्ण वडा अध्यक्षहरु, वडा सदस्यहरु, निमित्त प्रमुख प्रसासकिय अधिकृत सुनिल थापा, लेखापाल सुबोध प्रसाद कुश्वाहा, सह लेखापाल जयप्रकाश महतो, अ.ले.खा.हृदय राज यादव ,स. प्रसासन महम्द मुस्तुफा, प्रसासन शाखा प्रमुख रामबाबु पाल, शिक्षा सम्योप्रदेश न .२ का निर्देशन समितिको सदस्य तथा बाराका समयोजक निभा सिंह, कार्यक्रम जिल्ला समयोजक राम प्रवेश यादव, ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शका प्रमुख, प्रभु बैंकका प्रतिनिधिहरु, युवा नेता लालबहादुर साह, राकेश यादव, तथा बिमा गराउन आएका आभिभावकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन रामाकान्त साहले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed