विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीको बलेटक्सार बजार अनुगमन म्याद सकिएका समाग्री बरामद

सिम्रौन्गढ़ नपा psa

रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ४ बलेटक्सारका अध्यक्ष फर्सुराम ज्ञवालीको नेतृत्वमा बलेटक्सार बजार अनुगमन गरिएको छ ।
बलेटक्सारमा रहेका विभिन्न ११ वटा खाद्य समाग्री, हार्डवयर, होटल लगायतका पसलहरुमा अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा धेरै जसो पसलहरुमा उपभोग्य मिति सकिएका अर्थात म्याद नाघेका, लेबलिङ नगरिएका, तौल कम भएका समानहरु भेटाईएको थियोे । उक्त पसलका संचालकहरुलाई आगामी दिनहरुमा यस्ता समान नराख्न आग्रह गर्दै यदि राखेको पाईएमा कारबार्ही गरिने चेतावनी दिइएको छ । बरामद गरिएका सामाग्रीहरु वडा कार्यलय बलेटक्सारमा जम्मा गरिुएको छ ।
अनुगमनमा वडा कार्यलयका प्रतिनिधिहरुका साथमा उद्योग वाणिज्य संघ, सुरक्षाकर्मी र पत्रकारहरुको संगलता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed