CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चीनमा फसेका नेपाली बिधार्थी स्वदेश फिर्ता, सांसद यादवद्वारा सरकारलाई धन्यबाद

फेटा GP PSA
1,010
सिम्रौन्गढ़ नपा psa

फागुन ४ बीरगज/ नेपाल सरकारले लामो तयारीपछि अन्नतः चीनको वुहानबाट नेपाली बिधार्थीहरुलाई उद्वार गरेकोमा समाजवादी पार्टीका सांसद प्रदिप यादवले सरकारलाई धन्याबाद दिएका छन् ।

कोरोना भाइरसको त्रासले भयभित भएर चीनमा कष्टकर जीवन बिताईरहेका नेपालीलाई स्वदेश फिर्ता ल्याएकोमा सांसद यादवले नेपाल सरकार, सम्बन्धित निकाय लगायत यसमा सहयोग गर्ने सबै निकाय र व्यक्तिहरूलाई समाजिक सञ्जालमार्फत धन्याबाद व्यक्त गरेका हनु ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

समाजवादी पार्टीको प्रभावशाली नेता समेत रहेका सांसद यादवले पिडामा रहेका नेपालीको खान, बस्न, पिउने आदी जस्ता कुराको ध्यान राखी सुरक्षा तथा बयवस्थापन लगायत सबै खालको सहयोग आवश्यक रहेकोले नेपाल सरकारसंंगसंगै हामी पनि सहयोग गर्न तयार रहेको बताए ।

Karaiya Mai Notice Winter

केही दिन अगाडी सांसद यादवले चीन वुहान सहरमा केदीबन्दी जस्तो कष्ठकर जीवन बिताईरहेका नेपालीहरुको उद्दारको लागी प्रतिनिधी सभाको बैठकमा जिरो आवरमा बोल्दै चीनमा रहेका नेपालीलाई उद्दार गरी नेपाल लयाई उनीहरुलाई राख्ने ठाउँको विषयमा छफलफ भईरहँदा समेत उनले ‘‘हामी बरु बाहिरै पालमा बसेर संसद चलाऊ, नभए ३ सय ४ रोपनी जग्गा हायात होटलले कब्जा गरेर राखेकोले उक्त होटल नै खाली गरेर नेपलीहरुकोे जीवन बचाउन सरकारसंग मांग गरेका थिए ।’’, उनले संसदमा बोलेको त्यो कुरा समाजिक संजाल मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खुबै चर्चाको विषय बनेको थियो ।

ततपश्चात हिजो (शनिबार) नेपाल सरकारले नेपालीहरुलाई सकुशल उद्दार गरी स्वदेश ल्याएकोमा नेपाल सरकारसहित सहयोगीहरुलाई समाजिक सञ्जालमार्फत धन्याबाद व्यक्त गरेका छन् ।

आज बिहान करिब साढे तीन बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका १७५ जनालाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा प¥ुयाइएको हो । उनीहरुलाई एउटा एम्बुलेन्स र पाँचवटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म र्पुयाएका हुन् । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरुको स्वास्थ्य अवस्था जाँचिएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश