CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मेयर उपेन्द्र यादवले सर्वसाधारणलाई आधा घण्टा शौचालयमा थुने

मेयर उपेन्द्र यादवले सर्वसाधारणलाई आधा घण्टा शौचालयमा थुने

फेटा GP PSA
935
सिम्रौन्गढ़ नपा psa

बिरगंज, संवाददाता

लामो संघर्ष र बलिदान पश्चात प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रमा गाउँ गाउँमा सिंह दरबार पुग्दा सहजै सेवा, विकास निर्माणको काम र आफैले चुनेको जनप्रतिनिधिबाट सहयोग पाउने भन्दै नागरिक खुसी थिए । तर आफैले भोट हालेर छानेर पठाएको जनप्रतिनिधिहरु पदको उन्मादमा साशक र तानासाही बन्दा नागरिक उल्टै प्रताडित हुन थालेका छन् । राज्यको सेवा सुविधामा रमाइरहेका जनप्रतिनिधिबाटै बेला–बेला विभिन्न बहानामा भइरहेको कुटपिट र अराजक क्रियाकलापले संघीयता जनतालाई घाडो जस्तै बन्दै गएको छ । यसको एउटा ताजा उदाहरण हो बाराको महागढीमाई नगरपालिकाको घटना ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

अधुरो विकास निर्माणको कामको विषयमा छोराले गुनासो गरेको र भिडियो खिचेको भन्दै महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले एक सर्वसाधारणलाई गालीफजिती तथा कुटपिट गर्दै आधा घण्टा शौचालयमा थुनेका छन् । महागढीमाई नगरपालिका २ बरियारपुरका ५५ वर्षीय महेन्द्र भन्ने हरेन्द्र महतोलाई मेयर यादवले सोमबार तथानाम गाली तथा कुटपीट गर्दै आधा घण्टा नगरपालिकाको शौचालयमा थुनेका हुन् । सोमबार दिउँसो खेतमा पानी सिंचाइ गरिरहेका महतोलाई नगरप्रहरी लगाएर समातेर ल्याई कुटपिट तथा शौचालयमा थुनेको पीडितले बताएका छन् ।
‘दिउँसो खेतमा पानी सिँचाइ गरिहहेको थिएँ । केहि नगरप्रहरी खेतमा पुगे । मलाई मेयरसाहेबले बोलाउनु भएछ भन्यो । म गएँ । सडकमा जाँदा १५।१६ जनाको समुहमा नगरप्रहरी तथा केटाहरु थिए । मलाई डर लाग्यो । छोरा कहाँ छ भनेर सोध्यो । मैले भने थाहा छैन । त्यसपछि मोटरसाइकलमा बस्न भन्यो । डरले मोटरसाइकलमा बसे । मलाई नगरपालिकामा लग्यो ।’ हरेन्द्रले सुनाए ।

नगरपालिकामा लगेपछि मेयर यादवले मलाई छोरा कहाँ छ भनेर सोध्दै तथानाम गालीगलौज गर्दै गालामा एक झापड हिर्काएको बुबा हरेन्द्रले आफ्नो पीडा सुनाए ।
‘सुरुमा मेयरले तिम्रो छोरा कहाँ छन् सोधे , मैले भने मलाई भनेर गएको छैन । गालीगलौज गर्न थाले । त्यसपछि मेयरले लगाएको जुता फुकालेर मलाई आफ्नो टाउकोमा राख्न भन्यो । मैले नराखेपछि पनि उनले आफै जुत्ता फुकाले । फेरी राख्न भन्यो । मैले इन्कार गरे । त्यसपछि मलाई एक झापड गालामा हिर्काए र नगरपालिकाको चर्पीमा लगेर थुन दियो’ बुबा हरेन्द्रले भने ‘आधा घण्टापछि मलाई निकाले । त्यसपछि मेयरले फेरी गाली गर्दै आफ्नो घर लगे । डेढ घण्टा जति आफ्नो नियन्त्रणमा राखे । छोरालाई बोलाउन भन्दै थिए । केहि नगरप्रहरीले पनि मर्लाइ तथानामा गाली फजिती गरे । भोली छोरालाई उपस्थित गराउनु भन्दै साँझ ५ बजे छाडे ।’ बुबा हरेन्द्रले विना कसुर आफुमाथि दुब्र्यबहार गर्ने मेयरलाई कारबाही हुनुपर्ने माग गरे ।

घटनाको कारण :

Karaiya Mai Notice Winter

गत आर्थिक वर्ष २०७५।०७६ मा सम्पन्न हुनुपर्ने नालाको काम अहिलेसम्म अधुरै रहेको छ । नालामा पानी जम्ने गरेको कारण स्थानीयलाई समस्या हुने गरेको भन्दै स्थानीय हरेन्द्रका छोरा मुकेश कुशवाहाले ६ महिनादेखि पटक पटक नगरप्रमुख यादवलाई गुनासो गर्दै आएका थिए । मुकेशका अनुसार नगरपालिकाकै सव इन्जिनियर श्याम जयसवालले आफ्नै नेतृत्वमा उपभोक्ता समिति गठन गरी ४० लाखमा नाला बनाउने जिम्मा लिएका छन् । ४० लाख बजेट निकासा गरेपनि नाला अधुरै छाडेपछि पानी जम्ने र अmुहरुले समस्या पाउने गरेको मेयर यादवलाई मुकेशले पटक पटक गुनासो गरेपछि आजित भएर सोमबार बिहान उनी नाला निरीक्षण गर्न पुगेका थिए । मेयरले निरीक्षण गरिसकेपछि अहिले यो समस्या समाधान गर्न नसक्ने, तिनीहरुलाई जहाँ जानु छ जाउ’ भन्ने प्रतिक्रिया दिएको र उहाँको त्यो प्रतिक्रियाको भनेरै खिच्न खोज्दा आफुलाई धम्काउँदै मोबाइल समेत खोस्ने प्रयास गरेको मुकेशको भनाइ छ ।

‘घटनापछि मेयर साहेब विभिन्न धाकधम्की दिँदै यहाँबाट जानु भयो । म पनि अर्कै कामले घरबाट बाहिर थिएँ । दिउँसो केहि नगरप्रहरी मेरो घरमा मलाई खोज्न आए । म नभएपछि मेरो बुबालाई खेतबाट समातेर लगि कुटपिट र शौचालयमा थुने ’, मुकेशले भने ‘ बुबालाई गुण्डागर्दी शैलीमा मेयरले गरेको दुब्र्यबहार तथा कुटपिटले म पनि असुरक्षित महसुस गरी बाहिर छु । अब विकासे कामको लापरबाही विषयमा गुनासो पनि गर्न नपाउने ? कुन तन्त्र हो यो ? विनासिती मेरो बुबालाई दुब्र्यहार गर्ने मेयर यादवमाथि कडा कारबाही हुनुपर्छ । म न्यायको लागि प्रशासन जान्छु ’
उनले ५ सेकेण्डको त्यो भिडियो एकजना भाइले समाजिक सञ्जालमा हालेको समेत बताए ।

मुकेशलाई यतिकै छाड्दिन : मेयर

यता मेयर यादवले मुकेशको बुबालाई बोलाएर सोधपुछ मात्रै गरेको बताए । उनले मुकेशलाई यतिकै नछाड्ने समेत चेतावी दिए । ‘मुकेशले मेरो भिडियो बनाएर फेसबुकमा हालेछन् । उ फेला नपरेपछि उसको बुबालाई सोधपुछको लागि मात्र बोलाएको थिएँ । कुटपिट र शौचालयमा थुनेको छैन । तर मुकेशलाई यतिकै छाड्दिन । जहाँबाट भए पनि समातेर ल्याई कानुनी कारबाही गर्छु ।’ मेयर यादवले चेतावनी दिँदै भने । मेयर यादव नेपाली काँग्रेसबाट निर्वाचित छन् ।

साभार टुडेपाटी

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश