CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तम्घासमा चैत्र २१ देखि चौथो गुल्मी महोत्सव हुने

फेटा GP PSA
745
सिम्रौन्गढ़ नपा psa

गुल्मीमा २१ चैत्रदेखि १ बैशाखसम्म सञ्चालन हुने चौथो गुल्मी महोत्सवको हुने भएको छ । गुल्मी उद्योग बाणिज्य संघले ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको आयोजना गरेको हो । ०७४ सालमा तेस्रो गुल्मी महोत्सव भएको थियो । महोत्सवको पुर्व सन्ध्यामा बाणिज्य संघले पछिल्ला महोत्वहरुमा बिशेष स्थानहरुमा पुगेर पत्रकार सम्मेलन गर्ने गरेको छ । होमस्टेमा पत्रकार सम्मेेलन आयोजना गरेर महोत्सवको बारेमा जानकारी गराइएको गुल्मी उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताए । होमस्टेसंगै महोत्सवको प्रचारका लागि पत्रकार सम्मेलन सदरमुकाम बाहिर गएर गरिएको हो । तेस्रो गुल्मी महोत्सवमा पनि पत्रकार सम्मेलन तथा बैठक बिचित्र गुफा भित्र सम्पन्न गरिएको थियो । प्रस्तावित भंगारी होमस्टे संचालनको लागि वडा कार्यालय मार्फत एक लाख बजेट बिनियोजन गरेर संरचना निर्माणको काम भइरहेको छ । पर्यटकीय स्थान रेसङ्गाको काखमा अवस्थित भंगारी गाउँ कला संस्कृतिको दृष्टिले पनि अब्बल रहेको छ । यो गाउँ सदरमुकाम र पक्की सडकबाट नजिक पर्छ । जनजाति समुदायमा प्रख्यात घाटु, सोरठी र सालैजो र जाति बिशेषका परिकारद्धारा पाहुनाहरुलाई स्वागत गरिने व्यवस्था मिलाइने भएको छ ।भँगारीमा करिव २० घर जनजाति समुदाय बसोबास गर्दै आएका छन् । गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समिती संयोजक श्रीप्रसाद भलामीले चौथो गुल्मी महोत्सव अरु बर्षमाभन्दा पृथक बनाउने योजना रहेको बताए । अहिले महोत्सवका स्टलमा बाहिरको व्यापार मात्रै नभएर जिल्लाको कृषि, उद्योग, घरेलु उत्पादनसंगै बौद्धिक उत्पादनका स्टल समेत प्रर्दशनमा राखिने बताए ।गुल्मी उद्योग बाणिज्य संघले चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने र तीन करोड बराबरको कारोकबार गर्ने अपेक्षा राखेको छ । जसका लागि दुई सय ५० स्टल रहने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले जनाएको छ । कृषि तथा उद्योगका उत्पादनको प्रर्दशनको लागि ३५ स्टलहरु निशुल्क राखिने भएको छ ।महोत्सवलाई व्यस्थित गर्न २९ उपसमिति गठन गरिएको छ । सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले जनाएको छ । जिल्लामा उत्पादिन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने छ । अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु, महोत्सव अवधिभर राखिने छ ।त्यस्तै बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथामिकताका साथ राखिने भएको छ । महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुंगा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको बृतचित्रसंगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बजोड प्रस्तुती रहने छ ।गुल्मीमा ०७५ सालमा गुल्मी चेम्बर अफ कमर्शले प्रथम गुल्मी महोत्सव गरेको थियो । २ वटा संस्थाले अलोपालो गरि महोत्सव गर्ने गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश