विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अफिम खेती गर्ने व्यक्ति पक्राउ तथा अफिम खेती नष्ट

सिम्रौन्गढ़ नपा psa

मोरङ // अफिम खेती गर्ने व्यक्ति पक्राउ तथा अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङले विगत लामो समय देखिको सूचना संकलन तथा गोप्य निग्रानी पश्चात मिति २०७५ फाल्गुन १३ गते निम्न स्थानमा बस्ने निम्न बमोजिमको मानिसहरूलाई १ कठ्ठा ११ धुरमा लगाएको ३,०३४ बोट अवैध लागुऔषध अफिम खेतीगरीरहेको अवस्थामा पक्राउ गरेको छ । . जि. मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं ५ बस्ने चमरू भन्ने वर्ष ५० को चन्द्र प्रसाद गन्गाईको सोही स्थानमा रहेको आफ्नो ७ धुर जग्गामा १४४७ बोट अफिम खेति गरीरहेको अवस्थामा पक्राउ गरीएको छ । जि. मोरङ सुनवर्षी न.पा वडा नं २ बस्ने बर्ष अं. ५२ का बज्रु गन्गाईलाई सोही स्थानमा रहेको आफ्नो अं. ४ धुर जग्गामा २५७ बोट अफिम खेति गरीरहेको अवस्थामा पक्राउ गरीएको छ ।

Karaiya Mai Notice Winter

जि. मोरङ सुनवर्षी न.पा वडा नं २ बस्ने अं.६८ वर्षका सुवनलाल गन्गाईको छोरा अ. ३५ को बासुदेव गन्गाईको जग्गामा फेला परेको अंन्दाजी १ कठ्ठा जग्गामा लगाएको १३३० बोट अफिम समेत आवश्यक कानूनी प्रकृया पूरा गरी नष्ट गरीएको छ । ईलाका प्रहरी कार्यालय पथरी तथा ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षकद्वय कमल बजगाई र कविन्द्र कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलिले संयुक्त रूपमा कार्वाही संचालन गरी उक्त अफिम खेती नष्ट गरेको छ । पक्राउ परेका चन्द्र प्रसाद गन्गाईलाई ईप्रका पथरीले तथा बज्रु गन्गाईलाई ईप्रका रंगेलीले लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिमअफिम खेती अन्तर्गत आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि सम्बन्धित कार्यालयमा राखेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed