विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

फेरिदै छ समाज, छोरी दिदै छन बाबुको अर्थीलाई कन्धा

फेरिदै छ समाज, छोरी दिदै छन बाबुको अर्थीलाई कन्धा

सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम, संवाददाता
मधेसको समाजमा आमा बाबुलाई सन्तानलाई जन्म दिने गरेपनि छोराले मात्रै आमा बाबुको मृत्यु पछि सदगत गर्ने मान्यता रहेको छ। तर अहिले मधेसी समाजमा त्यो मान्यता फेरिन थालिएको छ । अहिले बाबु आमा मर्दा छोरीले काजक्रिया गर्न थालेका छन । मधेसी समाजमा परापुर्व काल देखि चल्दै आएको मान्यताहरु अहिले विस्तारै भत्कीन थालेको छ ।
जनकपुरमा एक ९ वर्षीया बालिका आफ्नो मृतक पिताको काजक्रियामा बसेकी छन् ।
घटना हो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ बेङ्गा शिवपुरको । आज (शनिवार) बिहान जनकपुरको वडा नम्बर–१९ बेङ्गा शिवपुरका कृष्णा यादव (भोला) को ३२ वर्षकै अल्पआयुमा निधन भयो ।
आफ्नो मृत पित्ताको दिवंगत शरिरमा बेङ्गास्थित स्मसान घाटमा उनकी ९ बर्षिया छोरी रागिनी यादवले दागबत्ती दिइन् । हाम्रो समाजमा महिलाले मलामी समेत जान नमिल्ने परम्परा रहिआएको सन्दर्भमा उनले आफ्नो पित्ताको विधिपूर्वक सबै कर्मकाण्ड गरेर दाहसंस्कार गरी महिलाप्रतिको सोचलाई उच्चसम्मान दिएको स्थानिय राजपाका नेता सिताराम यादवले बताए ।
बुवा कृष्णा यादव र आमा अञ्जु देवीको सन्तानको रूपमा जेठी छोरी रागिनी यादव र कान्छी छोरी सोहानी यादव छन् । कान्छी छोरी ५ वर्षकी छन् ।

Karaiya Mai Notice Winter

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

JANAKPURVANI

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed