CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

फतुवा विजयपुर नपाको लामोसमयको विवादपछि तेश्रो नगरसभा सम्पन्न

फेटा GP PSA
1,244
सिम्रौन्गढ़ नपा psa
करन कुमार मिश्र , रौतहट ।
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
फतुवा विजयपुर नगरपालिकाको तेश्रो नगरसभा आज भव्यताका साथ सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय फतुवा विजयपुरको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाले आफना तेश्रो नगरसभा सम्पन्न गरेको हो । मेयर र उपमेयरविच लामो समयदेखी चलिरहेको बाद विवादपछि आज रौतहटको फतुवा विजयपुर नगरपालिकाको तेश्रो नगर सभा आज मात्रै सम्पन्न भएको छ । असाढ महिनामै हुनुपर्ने नगरसभा ९ महिना ढिलो गरी विहिवार मात्रै सम्पन्न भएको छ । मेयर गोपालयादव र उपमेयर कान्ती देवी महतोवीच बजेटमा भागबण्डा नमिल्दा यस अघि दुई पटक नगरसभा भएपनि कार्यान्वयन नभई रद्द भएको थियो ।
उपमेयर कान्ती देवी महतोले मेयर यादव आफुखुसी नगरसभा गरेको आरोप लगाउँदै मेयर यादव एकलौटि गरेको नगरसभा रद्द गर्न उच्च अदालतमा निवेदन दर्ता गराएकी थिईन । उपमेयर महतोको जाहेरीको आधारमा उच्च अदालतले यसअघि ११ गतेका लागि निर्धारण गरिएको नगरसभा रद्द गर्न निर्देशन दिएको थियो । मेयर र उपमेयरवीच बजेट बाडफाडको विषयमा नै कुरा नमिल्दानगरसभा पटक पटक स्थगीतहुँदै आएको थियो तर बजेट भागबण्डामा मेयर र उपमेयरको कुरा मिलेपछि बल्लमात्रै असाढ महिनामै हुनुपर्ने नगरसभा आज सम्पन्न भएको छ ।
Karaiya Mai Notice Winter
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले चालु आर्थिक वर्षको लागि निती, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको छ । चालु आर्थिक वर्षको निती तथा कार्यक्रम कार्यान्वय नगर्नको लागि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रधानले ५० करोड ४१ लाख ७० हजार ३ सय २३ रुपैया १० पैसा बजेट प्रस्तुत गर्नुभएको छ । नगरपालिकाले आफना निती तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, पूर्वाधार विकास, सडक निर्माण, यातायात, विधुत, सञ्चार, खेलकुद, कृषि लगाएतका विकास निर्माणको कामले विशेष प्राथमिकता दिएको छ ।
यसैविच नगरपालिकाको नगरसभा विहिवार दुई तिहाई बहुमतले सम्पन्न भएपछि नगरका कर्मचारी र शिक्षकहरुको तलव निकासा हुने बाटो खुलेको छ । नगर सभा नभएकै कारण नगरपालिकाका सयौ शिक्षक तथा कर्मचारीहरु गत असाढ देखी नै अहिले सम्म तलवभत्ता खान पाएका छैनन । तर विहिवार नगरसभा सम्पन्न भएपछि अब शिक्षक तथा कर्मचारीहरुको तलव चाडै निकासा हुने मेयर गोपाल यादवले बताउनुभयो ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश