विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लामो समय पश्चात् पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार पक्राउ

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा प्रहरीले बाराका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार लाई १२ बर्ष पछि पक्राउ गरेको छ । निकै नै लामो समय पश्चात् बारा प्रहरीले पक्राउ गर्नमा सफल भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बिशेष सूचनाको आधारमा फौजदारलाई गत राती बाराको बारागढी गाँउपालिका ६ गडहलगाँउ स्थित आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार समेलन गरी जनाएको छ ।

वि.सं. २०६४ साल कार्तिक १८ गते पत्रकार साहलाई बाराको ढोडिया पिपरागाँउ नजिकैबाट तत्कालीन सशस्त्र माओबादी कार्यकर्ताले अपहरण गरेको एक महिनापछि हत्या भएको अवस्थामा शव बरामद भएको थियो ।

Karaiya Mai Notice Winter

साहसंगै मोटरसाईकलमा गएका उनका सहयोगी रामकुमार दासलाई कुटपिट गरी मोटरसाईकलसहित पिपरा नजिकैको जंगलमा हातमुख बाँधेर छोडेका थिए ।

तर अपहरित पत्रकारको अवस्था सार्वजनिक गर्न अन्तराष्ट्रिय स्तरमा आवाज उठन थालेपछी खोजतलास गर्दै जाँदा झण्डै एक महिनापछि प्रहरीले पत्रकार साहको शव फेला पारेको थियो ।

बाराको पपिरा गाँउबाट करीव ६ किलोमिटर टाढा जंगलमा खाल्डो खनेर पुरिएको अवस्थामा पत्रकार साहको शव प्रहरीले बरामद गरेको थियो । साहको हत्यामा संलग्न रहेको आरोपमा माओबादी कार्यकर्ता हरेराम पटेल, लगायत दुुई जनालाई यस अघिनै प्रहरीले पक्राउ गरिसकेको थियो ।

स्वर्गीय पत्रकार बिरेन्द्र साह तत्कालीन स्पेस नेटवर्कबाट सञ्चालित स्पेसटाईम दैनिक र तत्कालीन मनकामना एफएम हेटौंडाको सम्बाददाताको रुपमा काम गर्दै आएका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed