विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मोरङमा बुबासँग फिरौती रकम लिने छोरा पक्राउ

मोरङमा बुबासँग फिरौती रकम लिने छोरा पक्राउ

सिम्रौन्गढ़ नपा psa

बिराटनगर, संवाददाता

Karaiya Mai Notice Winter

अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासंग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ । यही फाल्गुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका-३ का २४ बर्षीय मुकेश कुमार महत्तोले सोही दिन आफ्नै बुबालाई अपहरणमा परेको भनी फोन गरेका थिए । घटना बारेका जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा फाल्गुन २६ गते सुनसरीको भान्टावारीमा मुकेश कुमारलाई फेला पारिएसंगै अपहरण नभई अपहरणको नाटक भएको खुल्न आएको हो ।
मुकेश पक्राउ परेसंगै फिरोतीको रकम सहित निजकै घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशीलाई समेत पक्राउ गरी आजै जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed