CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहाको लहानमा युवतीको मृत्यु

फेटा GP PSA
781
सिम्रौन्गढ़ नपा psa

मुखेश स्वामी, सिरहा ।

सिरहाको लहान नपा ४ मा मृत अवस्थामा एक युवती फेला परेको छ । उदयपुरको उदयपुरगढी ७ घर भई लहान ४ को बीरेन्द्र झाको घरमा डेरागरी बस्ने करिव २३ वर्षिय चन्द्रीका भन्ने तिर्थकुमारी कार्की मृत फेला परेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

होलीकै दिनदेखि अत्यधि मदिरा सेवन गर्दै आएका उनी आज अपरान्ह बोहोस भएपछि उपचारको लागि लहान अस्पताल लग्ने क्रममा मृत्यु भएको सँगै बस्ने संगीता मगरले जानकारी दिए ।

Karaiya Mai Notice Winter

उनका अनुसार भात पानी नै बारेर चन्द्रीकाले ३÷४ दिनबाट भातपानी नै बारेर मदीरा पीईरहेकी थिई । बेहोस भएपछि उनलाई अस्पताल लगेपनि अस्पताल पुग्दा मृत घौषणा गरिएको मगरको भनाई छ ।

प्रहरीले भने मृत्युको कारण अहिले नै बताउन नसक्ने बताए । इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएपी सरतकुमार थापा क्षेत्रीलेभने, ‘हामी अहिले नै मृत्यु कारण बताउन सक्दैनौं, पोष्टमार्टम भर्खर भएको छ, पोष्टमार्टमको रिपोर्ट आएपछिमात्र के भएको भनौंला ।’

शवको पोष्टमार्टम लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा भएको छ । चन्द्रीकाले डेढ बर्ष अघि संगीताका भाई नवीन थापा मगरसँग प्रेम बिवाह गरेका थिए । विवाहको केही दिन लगतै नविन रोजगारीको लागि कत्तार गएका थिए ।

संगीता र वुहारी चन्द्रिका लहानस्थित जेएस मुराराका बहुमुखि क्याम्पसमा स्नातक पढ्नै लहानकै निजी विद्यालयमा शिक्षण गर्दै आएको बताईन्छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश