विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मी धुर्कोटको बिचित्र गुफा नजिकै सुचना केन्द्र भवन बन्ने ,प्रदेश सांसद दिनेश पन्थीद्धारा शिलन्यास

सिम्रौन्गढ़ नपा psa

गुल्मीको धुर्कोट गाउपालीका वडा नम्बर ५ बस्तुमा रहेको बिचित्र गुफा सुचना केन्द्र भवन निमार्ण कार्यको आज (सोमबार) शिलन्यास गरिएको छ ।

Karaiya Mai Notice Winter

एक कार्यक्रमका बिच गुल्मी क्षेत्र नम्बर २ ,प्रदेश सभा ख का प्रदेश सांसद दिनेश पन्थीले शिलन्यास गर्नुभएको हो ।भवनको शिलन्यास गर्दै सांसद पन्थीले सक्रिय रुपमा लागेर समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाले सबै एकजुट भएर काम गरे समयमै निर्माण कार्य सकिने भन्दै यस क्षेत्रलाई अझ पर्यटकिय क्षेत्र बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा धुर्कोट गाउपालीका अध्यक्ष भुपाल पोख्रेल ,उपाध्यक्ष शिब बहादुर खत्री, वडा नम्बर ५ का वडाध्यक्ष ढुण्डीराज भण्डारी ,मदाने गाउपालीका अध्यक्ष दान बहादुर केसी, नेपाल कम्युनिष्ट पार्टी नेकपा धुर्कोट गाउकमिटि अध्यक्ष गोपाल कँुवर ,नेपाली कागे्रश धुर्कोट गाउकमिटि अध्यक्ष रामप्रसाद खनाल,धुर्कोट परमानन्द बहुमुखी क्याम्पस प्रमुख कृष्ण प्रसाद भण्डारी, जील्ला डिभिजन बन कार्यलयका सहायक बन अधिकृत राम बहादुर घलान ,डिभिजन बन कार्यलयका इन्जीनियर बाबुराम ज्ञवाली,गुफा संरक्षण समिति अध्यक्ष युवराज भण्डारी ,समाजसेवी ढुण्डीराज भण्डारी , कृषि ज्ञान केन्द्र प्रमुख, पत्रकार ,सुरक्षाकर्मि लगायतको सहभागिता रहेको थियो ।धुर्कोट गाउपालीकाको ४ लाख ,प्रदेश सरकार संस्कृति ,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय को ४ लाख र अन्य बिभिन्न अनुदान गरि निर्माण गर्न लागिएको भवन निर्माण कार्य २०७७ साल जेठ १५ गतेसम्म सक्नुपर्नेछ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed