विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विराटनगर सहित छ सहरबाट पठाइएको नमूना नेगेटिव नेपाल अहिले सम्म सुरक्षित देश

विराटनगर सहित छ सहरबाट पठाइएको नमूना नेगेटिव नेपाल अहिले सम्म सुरक्षित देश

सिम्रौन्गढ़ नपा psa

काठमाडौ, संवाददाता
कोरोना भाइरसको आशंकामा परीक्षण गरिएका ११ जनाकै रिपोर्ट नेगेटिभ आएको छ। देशका विभिन्न अस्पतालबाट कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाइएको थियो।

Karaiya Mai Notice Winter

उनीहरु सबैमा कोरोनाको संक्रमण नरहेको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए। शनिबार संकलन भएका रिपोर्टहरुको नतिजा आइतबार बेलुकी मात्र आएको थियो। उनका अनुसार कोरोनाको आशंकामा नेपालगञ्ज, धनगढी, पोखरा, लुम्बिनी, चितवन, विराटनगर लगायत काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र विभिन्नि निजी अस्पतालबाट नमुना प्रयोगशालामा पठाइएको थियो।

योसँगै कोरोनाको आशंकामा परीक्षण गरिएको नमुनाको संख्या ४ सय ७८ पुगेको छ। जसमध्ये हालसम्म एक जनामा मात्र कोरोनाको संक्रमण देखिएको थियो। प्रयोगशालामा हाल दैनिक १० देखि १५ वटा नमुना परीक्षण हुने गरेको गुप्ताले जानकारी दिए। नमुना परीक्षणको रिपोर्ट आउन २४ देखि ४८ घन्टा लाग्छ। आवश्यक परे दैनिक ६ सय बढी नमुना परीक्षण गर्न सक्ने क्षमता आफूहरुसँग भएको प्रयोगशालाले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed