विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल लाईफ ईन्स्युरेन्स बिमितलाई ठग्दै

सिम्रौन्गढ़ नपा psa

पोखरिया । नेपाल लाईफ ईन्स्युरेन्स कम्पनी लीमिटेडले आफुहरुलाई ठगीरहेको आरोप बिमितहरुले लगाएका छन् ।

पर्साको पोखरिया नगरपालीका वाडा नम्बर ४ बस्ने श्री फीरंगी महरा चमार र उनकी श्रीमती पार्बती देवी महराको नेपाल लाईफ ईन्स्युरेन्समा एजेंट बिरेन्द्र चौहानले सन २०११ सालमा बिमा गरेका थिए । बिमितहरुका अनुसार त्यस पछि बिमितको घरमा पुगेर एजेन्ट चाैहानले किस्ताको पैसा लिने गर्थे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

धेरै पटक बिमाकाे किस्ताकाे रकम एजेन्ट चौहानले लगेको पनि अफुहरुलाई त्यसकाे रसिद नदिदा त्यस पछिकाे किस्ताकाे रकम उनीहरुकाे राेकेकाे थियाे । पहिला दिएकाे किस्ताकाे रकम बुझाएकाे रसिद नदिए सम्म अक्राे किस्ताकाे रकम नदिने अडान बिमितहरुले लिए पछि अजेन्ट साह त्यस पछि सम्पर्क विहिन भए ।

Karaiya Mai Notice Winter

विमित चमारले भने “म पैसा दिदैन भने पछी किस्ताको लागी अजेन्ट साहेब अउन नै छोडेनु भयाे ।” केही समय विते पनि एजेन्ट साहेब किस्ताकाे रकमकाे लागि नआए पछि बिमाको कागजात गाउँ घरमा स्थानीयहरुसित हेराउदा साे बिमाकाे कम्पनी कार्यालय पोखरियामा रहेकाे वताएका थिए ।

साे बारे पोखरिया शाखामा बारम्बार बुझन जादा कार्यालयमा भएका कर्मचारीहरु वास्तै नगरेकाे पिडित चमारले वताए ।

साे बिषयमा शाखा कार्यालयको प्रमुख चिरन्जीबि मिश्रा सित बुझ्दा एजेन्टको काम बिमा खोलने मात्र हो । किस्ता बुझउने काम बिमितको हो भनेर गैर जिम्मेवार पूर्ण जवाफ दिदै आफु ब्यवस्त रहेको र आफुलाई संचारकर्मी सित थप कुरा गर्न समय नै नरहेकाे वताए ।

नेपाल लाईफ ईन्स्योरेन्स पर्साका फिलड कोरडीनेटर कमरुलहक आलमले संचारकर्मी सित यो कुरा तपाइको होइन र तपाई सरोकारवाला ब्यकिती होईन भनेर जवाफ दिएका थिए । यो मेरो संस्था हो, मैले जे भन्छु त्यही हुन्छु भनेर नेपाल लाईफ ईन्स्युरेन्सलाई आफ्नो हो भनेर बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed