विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

हिउँदे वर्षाले गहुँ वाली सप्रिएपछि कृषकहरु उत्साहित

सिम्रौन्गढ़ नपा psa

karaiya holi 2082

गुल्मी जिल्लाका बिभिन्न स्थानमा कृषकले लगाएको गहुँवालीमा हिउँदे वर्षाले कृषकहरु उत्साहित बनाएको हो । जिल्लाका बिभिन्न स्थानमा गहुँखेती लगाएर सिंचाइ गर्नेबेला हिउँदे वर्षा भएपछि गहुँखेती गरेका कृषकहरु उत्पादन वढ्ने भएपछि उत्साहित भएका हुन् । पछिल्लो समय यता गहुँखेतीर्फ कृषकहरु आर्कर्षित नभइरहेको बेला यस वर्ष भने गहुँ उत्पादन बृद्धि हुने भएपछि कृषकहरुलाई उत्साहित बनाएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५ का गहुँ कृषक कृष्णप्रसाद भण्डारी गहुँ उत्पादन वढ्ने भएपछि हर्षित भएका छन् । यतिबेला वस्तु स्थित छल्दी फाँटमा गहुँ वालि देख्न सकिन्छ । अधिल्लो वर्षको तुलनामा पर्याप्त मात्रामा हिउँदे वर्षात भएपछि गहुँ उत्पादन बढ्ने कृषक कृष्णप्रसाद भण्डारीले बताए । अनुदान मार्फत पाएको बिउँबाट ४ रोपनी गमीनमा गहुँवाली गर्नु भएका कृषक भण्डारीले ०६७ सालबाट गहुँ खेती गर्दै आएका हुन् ।

जिल्लामा उत्पादन भएको गहुँ स्थानिय स्तरमै बिक्री हुने गर्दछ । जिल्लामा पछिल्लो समय यता बजारमा पाइने प्याकिङ्ग आटा पाउन थालेसँगै पहिलेको तुलनामा गहुँखेती गर्न कृषकहरु उत्साहित छैनन् । उत्पादन योग्य जमिन पनि बाँझै छोडेर बजारमा पाइने गहँुको आटा किन्ने गर्नाले गहुँ खेतीगर्ने कृषक कम छन् । समयमा वर्षातसँगै मल बिउ राम्रो परेकाले यसवर्ष गहुँ उत्पादन वढ्ने कृषकहरु बताउछन् । गएको वर्ष ०७५÷०७६ मा जिल्लामा ७ हजार ७ सय ४० हेक्टर क्षेत्रफमा गहुँ खेति गरिएकोमा १७ हजार १ सय ९० मेट्रिकटन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । यस वर्ष पनि ७ हजार ७ सय २३ हेक्टर क्षेत्रफमा गहुँ खेति गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा बिशेष गरि जेहाङ्ग, अर्बेनी, चौरासी, मजुवा, हर्मिचौर लगायतका स्थानमा पर्याप्त मात्रामा गहुँखेती गरिदै आएको छ । जिल्लामा गहुँ उत्पादन दर बृद्धि भएपनि उत्पादन गर्ने कृषकको संख्यामा कमी हुदै गएको छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed