CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भोकाहरुको भोक मेटाउने प्रयास

फेटा GP PSA
1,049
सिम्रौन्गढ़ नपा psa

 

वीरगञ्ज – कोरोना भाइरस अर्थात कोविड-१९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्नेका परिवार मर्कामा पर्न थालेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भाइरसको संक्रमणले भन्दा भोकका कारण धेरै परिवार मर्कामा पर्न थालेपछि वीरगञ्जमा सामाजिक संस्थाहरुले दैनिक ज्याला मजदुरी गरि खाने परिवारलाई सहयोग गर्ने अभियान थालेको छ ।
बिहिबार वीरगञ्ज युवा समाजले रिक्सा, ठेला चलाएर गुजारा गर्ने ४० जनालाई खाद्यान्न स्वरुप पाउरोटी सहयोग गरेको छ ।

Karaiya Mai Notice Winter

बसपार्क, पावरहाउस चोक, मुर्ली घण्टाघरलगायतका क्षेत्रमा पुगेर रिक्सा चालक तथा टेला चालकहरुलाई सहयोग गरेको संस्थाका अध्यक्ष कमल चौगाईँले बताउनुभयो । समाजले लकडाउन अवधिभर हरेक दिन भोका व्यक्तिको भोक मेटाउने प्रयास स्वरुप आजबाट सहयोगको अभियान थालेको पनि उहाँले बताउनुभयो ।

दैनिक काम गरि खाने व्यक्तिका परिवार अहिले समस्यामा रहेकाले हरेकले आफ्ना घर अगाडि कोही भोका व्यक्ति भेटे उनीहरुको भोक मेटाउन आवश्यक सहयोग गर्न पनि समाजले आग्रह गरेको छ ।

लकडाउनका बेला घरबाट ननिस्की कुनै एक जना भोको व्यक्तिको भोक मेटाउने प्रयासमा लागे ठूलो सहयोग हुने समाजका सचिव हेमन्त तामाङले बताउनुभयो । आफूहरुले गरेको सहयोग कुनै प्रचारबाजीका लागि नभई भोकाहरुको भोक मेटाउन गरिएको सामाजिक दायित्व अन्तर्गतको काम मात्रै रहेको पनि उहाँले बताउनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश