CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लकडाउन अझै कडा बनाउन मेयर गुप्ता र एसपी खड्का सडकमा।

लकडाउन अझै कडा बनाउन मेयर गुप्ता र एसपी खड्का सडकमा।

फेटा GP PSA
876
सिम्रौन्गढ़ नपा psa

लकडाउन अझै कडा बनाउन मेयर गुप्ता र एसपी खड्का सडकमा।

अमित ठाकुर।रौतहट।बैशाख १० ।बिश्वब्यापीमा फैलिएका कोरोना भाईरस ( कोभिड १९) बाट बाच्न संघीय सरकारले लगाएको लकडाउनलाई अझ कडा बनाउन गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबिराज खड्का अाफै सडका उत्रिएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यस्तो महामारीबाट अति अावश्यक काम बाहेक कुनै पनि ब्यक्ति अाफ्नो घरबाट बाहिर न निस्किन मेयर गुप्ता र प्रहरी उपरीक्षक खड्काले आग्रह गरेका छन्। कोरोना भाईरस लागेमा हप्ता दिन सम्म रोग देखा नपर्ने भएपछि एक अापसमा न टाँसेर बस्न र टोल टोलमा भिडभाड नगरिदिन आग्रह गरेका छन्। अाफन्त कुनै ब्यक्ति भेटिएमा १ मिटरकै दुरीबाटै कुराकानी गर्ने सम्भवत लकडाउन खुकुलो नभए सम्म अाफन्तहरु संग पनि नभेट्ने आग्रह गरे।

नगरबासीले केही दिन देखि लकडाउनलाई अभाग्या गर्दै हिडिरहदा अाज बाट अझ कडा बनाउने उदेश्यले नगर प्रमुख गुप्ता र प्रहरी उपरीक्षक खड्का अाफै सडकमा उत्रिएका छन्। लकडाउन अवधि भर अतिअावश्यक काम बाहेक जो कोही ब्यक्ति घरबाट बाहिर निस्किएमा कानुन बमोजिम कार्वाही गर्ने निर्देशन दिएका छन्। अाज देखि प्रहरी उपरीक्षक खड्काको निर्देशनमा दर्जनौं प्रहरीले लकडाउनलाई अभाग्या गरी हिड्ने महिला, पुरुष र बाबा जीलाई समेत लौक उपकरणमा फसाई चेतावनी दिएका छन्। नेपालमा दिनदिनै कोरोना भाईरस अर्थात् (कोभिड १९ ) बढीनै रहदा सतर्कता अपनाउन प्रहरी उपरीक्षक खड्काले आग्रह गरे।

कुनै टोलमा बिहिरबाट अाएको ब्यक्ति हेरेमा त्यस्ता ब्यक्तिलाई न छोईकन तुरुन्तै जिल्ला प्रहरी कार्यालयको हटलाईन नंबर १०० अथवा ९८५५०४०९९९ मा फोन गरि जानकारी गराउन अनुरोध गरे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश