CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गए राती अज्ञात समूहले गरे एक जनाको गोलीहानी हत्या

फेटा GP PSA
2,402
सिम्रौन्गढ़ नपा psa

राजेश सिंह कुशवाहा/सर्लाही । सर्लाही सदरमुकाम मलंगवा वडा न.८ मा गएराती अज्ञात समूहले गोलीहानी एक जनाको हत्या गरेको छ । गोली लागेर सदरमुकाम मलंगवा नगरपालिका २ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गएराती केही मानिसले फोन गरेर बोलाइ, यादवलाई मलंगवा नगरपालिका–८ मा लगेर गोलीहानी हत्या गरेका हुन् । उनलाई पाँच राउण्ड गोली प्रहार गरिएको छ । घटनामा संलग्नहरुको खोजी तीव्र पारिएको सर्लाही प्रहरीका प्रमुख एसपी गणेश चन्द्र भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमा विष्फोट भैसकेका पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको छ । मृतकको मोवाइलसमेत साथमै भेटिएकाले अभियुक्त पहिचान गर्न सहज हुने एसपी भट्टराईले बताउनुभयो । प्रारम्भिक अनुसन्धानका क्रममा मृतक महतो सामान्य सडक निर्माणको काम गर्दै आएका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश