CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

इन्जिनियरहरु मधेस लगायत समग्र नेपालको विकास तथा समृद्धिमा उभिने

फेटा GP PSA
1,314
सिम्रौन्गढ़ नपा psa

अस्ट्रेलिया ।

इन्जिनियरहरु मधेस लगायत समग्र नेपालको विकास तथा समृद्धिमा उभिने उदेश्यले अब देश तथा विदेशमा संगठन तयार भैइरहेको छ। हाम्रो देश दिनदिनै डुबिरहेको देखेर यस्ता नाव बाट पार लगाउन अब इन्जिनियरहरुले त्यसको विरुद्धमा खडा भएर अगाडि बढ्ने अठोट लिएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हरेक पालिकाको कामकाजहरुमा आफै निष्पक्ष भएर हरेक योजनाको बारेमा जनतामा सार्वजनिक गरि सचेत गराउने उदेश्य रहेको उक्त संगठनको केन्द्रिय कार्यालयले जनाएको छ । हरेक देशमा संगठन त्यार गर्ने क्रममा अस्ट्रेलिया संगठन बनाइएको छ।

मधेश ईन्जिनियर्स एसोसिएसन अष्ट्रेलियाको अध्यक्षमा ईन्जिनियर आर्यन सुरज राउत नियुक्त भएका छन् भने वरिष्ठ उपाध्यक्ष संजय कुमार मंडल तथा उपाध्यक्षमा चंदन कुमार साह नियुक्त भएका छन्। रौतहट जिल्ला निवासी राउत हाल अस्ट्रेलिया को मेलवर्नमा बसोबास गर्दै आएका छन् । मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय समितिले आफ्नो कार्य समिति बिस्तार गर्दै अस्ट्रेलियाका लागि अध्यक्षको रुपमा ई.आर्यन सुरज राउतलाई नियुक्त गरेका छन् ।

Karaiya Mai Notice Winter

मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय समिति द्वारा गरिएको निर्णय अनुसार अन्तर्राष्ट्रिय समितिहरू विस्तार गर्ने कार्य तालिका निर्णय भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) अवस्था सिर्जना भएको बेला नेपाल सरकार र अष्ट्रेलिया सरकार द्वारा गरिएको लकडउन लाई मध्य नजर गर्दै टेलिफोन संवाद, समाजिक सञ्जाल फेसबुक, र भिडियो कन्फरेन्स मार्फत तेस्रो चरणमा अष्ट्रेलियाको कार्यसमिति गठन गरिएको जनाइएको छ।

उक्त कार्यसमिति गठन गर्न को लागि केन्द्रीय समिति को सर्वसम्मत निर्णय बाट अध्यक्षमा ईन्जिनियर आर्यन सुरज राउत सहित २५ सदस्य कार्यसमिति गठन भएको छ । उनी हाल मेकानिकल इन्जिनियर हासिल गरि (Masters of management for engineers at Central Queensland University, Melbourne, Australia) मा अध्यन गर्दै आएका छन् ।

उनको पारिवारिक कुरा गर्दा नव नियुक्त अध्यक्ष ई.राउत ट्राफिक प्रहरीका एक लगनशील, ईमानदार र निडर छबि भएका प्रहरी सइको रुपमा कार्यरत राम सुन्दर आर्य का सुपुत्र रहेका छन् । मधेश ईन्जिनियर्स एसोसिएसन अष्ट्रेलियाको अध्यक्षको पद सम्माले लगत्तै उनले संगठनको विधान, नीति, नियमको अधिनमा रही काम गर्ने प्रतिबद्धता जनाएका थिए । साथै उनले सबैको साथ सहयोगको अपेक्षा पनि रहेको जनाएका छन् ।

अध्यक्ष आर्यन सूरज राउत सहित २५ सदस्यमा रितेश कुमार महतो , मुरारी कुशवाह ,मनोज पटेल ,संतोष यादव , मुकेंद्र चौधरी , धीरज दास ,बितेश सिंह, अजय कुमार जायसवाल, छोटेलाल साह, बिकाश जयस्वाल, नीरज सिंह, संतोष मुखिया, पंकज यादव, बिबेक गुप्ता, सिकेन्द्र जायसवाल, गया प्रसाद बिन्दु , रोहित गुप्ता ,लिलाश साह , प्रितेश रौनियार, अनिल जैसवाल ,रोशन कुमार सिंह , उत्तम मेहता छ्नोट भएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश