CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रहरी निरिक्षक तमाङ्ग बिरुद्ध कारवाहीको मांग गर्दै सम्रौनगढमा नाराजुलुस, इप्रका कार्यालय घेराउ

फेटा GP PSA
603
सिम्रौन्गढ़ नपा psa

सबिर आलम​, कलैया, बारा।

बाराको सिम्रौनगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेन्द्र तमाङ्ग लाइ कारवाहीको मांग गर्दै नेकपाका सिम्रौनगढ नगर कमिटिको आयोजनामा सिम्रौनगढमा मंगलवार प्रहरी बिरुद्ध नारा जुलुस तथा इलाका प्रहरीकार्यालयको मुलगेट घेराउ गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्र.नि. तमाङ्ग आए देखि तस्करी फस्टाएको तथा किसानले आफनो खेतीका लागि ल्याउने मल खाद पक्राउ गर्ने, बजारमा चोरीहुदा समेत चोर पक्राउ गर्न आलटाल गर्ने, केही ब्यक्ति र तस्करको इसारामा काम गर्ने जस्ता आरोप लगाउदै नेकपाले बिरोधका कार्यक्रम गरेका छन् ।

Karaiya Mai Notice Winter

कंकाली मन्दिरको प्राङ्गणबाट पाँचसय भन्दा बढी कार्यकर्ता तथा स्थानियहरुको सहभागितामा निस्केकोे जुलुसमा प्रहरी निरिक्षक तमाङ्ग चोर कुर्सी छोड भने नारा लगााउदै सिम्रौनगढ बजार परिक्रमा गर्दै इप्रकाको मुल गेटमा नारा बाजी गरेका छन् । नाराबाजी पश्चात उक्त जुलुस इ.प्र.का.को मुलगेटमा नेकपा बाराका जिल्ला सदसय श्याम किशोर यादवको अध्यक्षतामा कोण सभामा परिणत भएको थियो । उक्त सभामा भोजेन्द्र यादव, शेख मोतिम, बतहु यादव, राजेश कुशवाहा, तारा चन्द्र साह, गगनदेव कुसवाहा, महेन्द्र जैसवाल, देवसरण साह लगायतका जिल्ला सदस्यहरुले प्र.नि.तमाङ्ग करतुत बारे आलोचना गर्दै कारवाहीको माग गरेका छन् ।

सो सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्र्चाज डा. गोपाल ठाकुरले तमाङ्ग जस्ता भ्रष्ट प्रहरी निरिक्षकका कारण सिम्रौनगढ बदनाम भईरहेको तथा प्रहरी संगठन समेत बदनाम भईरहेकोले यस प्रती आफुहरु गम्भीर भएको तथा यस्ता भ्रष्टहरुलाई कार्यवाही गराउन कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ । यस्ता निरिक्षकलाई तत्काल कार्यवाही भएन भने अर्को चरणको आन्दोलन गर्न बाध्य हुने प्रमुख अथिति डा. ठाकुरले बताउनु भएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश