CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गोष्ठीमा व्यस्त छन् पोखरिया नपाका स्वास्थ्य प्रमुख, संक्रमितको सम्पर्कमा आएका व्यक्तिको स्वाब अझै संकलन भएन

फेटा GP PSA
1,476
सिम्रौन्गढ़ नपा psa

बीरगन्ज, ११ भदौ- पर्साको पोखरिया नगरपालिकाका संक्रमितहरुको सम्पर्कमा आएका केही वडाका व्यक्तिहरुको हालसम्म पनि स्वाब संकलन नगरिएको संक्रमितका परिवारजनले गुनासो गरेका छन् ।पोखरिया नगरपालिकाको वडा नं. ४ र ५ सतबरिया र पोखरियाका संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुको १२ दिन बित्न लाग्दा समेत स्वाब संकलन नभएको कन्ट्याक्ट ट्रेसिङगका परेका व्यक्तिहरुले बताएका छन् । १२ दिनसम्म पनि स्वाब संकलन नगर्दा ती वडाहरुमा थप संक्रमण फैलने खतरा बढेको हुँदा स्थानीय चिन्तित बनेका छ । न त ती वडाका कन्ट्याक्ट ट्रेसिङगका परेका व्यक्तिहरुको स्वाब संकलन गरिएको छ , न त ती व्यक्तिहरुमा होम आइसोलेसनमा छन् । यसरी संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरु खुल्लम खुला घुमिरहदाँ संक्रमणको जोखिम पोखरियामा बढेको छ । यसमा पोखरिया नगरपालिकाको स्वास्थ्य शाखाको ढिलासुस्ती र लापरवाही रहेको स्थानीयको भनाई छ । कहिले गोष्ठीममा व्यस्त त कहिले भिटिएम किट नभएको भन्दै स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्राले लापरवाही गरिरहेको स्थानीय बताउँछन् ।महामारी नियन्त्रण र रोकथाममा रणनीति र कार्यन्व्यन स्वास्थ्य शाखाको अहिलेको प्रथम प्राथमिकता हुनुपर्नेमा शाखा प्रमुख कौशलेन्द्र मिश्रा भने गोष्ठी गरेर पैसा झ्वाम पार्न व्यस्त छन् । दुई दिने गोष्ठी केही मिनेटमै मै सकेर केही व्यक्तिलाई रकम बाँडेर करिब एक लाख रुपैंया मिश्राले झ्वाम पारेको नगरपालिकाको स्वास्थ्य शाखा श्रोतले जनाएको छ ।

मन्त्रालयबाटै आएको परिपत्रको अवज्ञा गर्दै पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्राले दुई दिने गोष्ठी गराएका छन् । पछिल्लो समयमा पोखरिया अस्पतालकै चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी संक्रमित भई अस्पतालको सेवा समेत ठप्प भएको बेला र गाम्रीण क्षेत्रमा संक्रमण बढिरहेका बेला यसलाई बेवास्ता गर्दै स्वास्थ्य शाखाकै प्रमुख मिश्राले मानिसको ज्यानै जान सक्ने संक्रमण फैलाउने लापरवाही गरेका छन् ।

 

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यति मात्र होइन, उनले आफ्नो उपल्लो निकायको निर्णयको पनि धज्जी उडाएका छन् । युनिसेफ नेपालको सोे कार्यक्रममा पूरानो कार्यक्रम रहेको र सो कार्यक्रमलार्ई जसोतसो सकेर भत्ता र बजेट कुम्ल्याउने दाउमा प्रमुख मिश्राले त्यस भेगका नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेका छन् । हामीलाई प्राप्त तस्वीरमा एउटा सानो कागजको ब्यानर टाँसेर गोष्ठी गरिएको देखिन्छ । कार्यक्रममा सहभागी भएका व्यक्तिहरुले पनि कुनै सामाजिक दुरी कायम गरेको देखिदैंन । दुई तीन जनाले त मास्क पनि लगाएका छैनन् ।

संक्रमितहरुको स्वाब किन संकलन नगरिएको भन्ने विषयमा प्रमुख मिश्राले सबैलाई जनालाई वडाध्यक्ष मार्फत जानकारी गराएर स्वाब संकलन गरिएको भन्दै जसले स्वाब दिन छुट्यो, त्यो छुट्यो भन्दै फोन काटेर मोबाईल अफ गरे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश