CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनता समाजवादी पार्टी (जसपा) काे बिन्दवासिनी गापामा बृहत पार्टी प्रबेश कार्यक्रम सम्पन्न

फेटा GP PSA
67,010
सिम्रौन्गढ़ नपा psa
वीरगंज २७ असोज
पर्साकाे बिन्दवासिनी गाउँपालिकामा मंगलबार जनता समाजवादी पार्टी (जसपा) काे बृहत पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ ।पार्टी प्रबेश कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं पार्टीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपाली काङ्ग्रेस र नेकपाबाट जनताको परिवर्तनको माग पूरा नहुने भन्दै जनताको माग सम्बोधन हुनको लागि जनता समाजवादी पार्टी आवश्यक भएको जिकिर गरे । उनले जसपाले उत्पीडित, वञ्चित समुदायको पक्षमा आवाज बुलन्द गर्ने र सडक, सदनबाट हक सुनिश्चित गराएरै छाड्ने दाबी गर्दै वर्तमान सरकार एकल जातीय राज्य कायम गर्न लागेको वताए ।
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter
पुरानो संसदीय व्यवस्थाको कारण देशमा भ्रष्टाचार मौलाएको आरोप लगाउदै डा. भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय व्यवस्था नहुन्जेलसम्म देशमा स्थिर राजनीति कायम हुन नसक्ने दाबीसमेत गरे ।
जसपाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीले सबै प्रकारका विभेद अन्त्य गर्न चाहेको र त्यसको लागि सधैं सङ्घर्ष गरिरहने बताए । मूल प्रवाहमा पछाडि परेका समुदाय अगाडि नआएसम्म देशमा परिवर्तन नआउने बताउदै उनले देशमा राजनीतिक परिवर्तन भएपनि नेकपा र नेकाको सोचमा परिवर्तन नभएको कारण जनताको जीवनस्तरमा परिवर्तन हुन नसकेको आरोप लगाए । कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाको जसपा यूवानेता गौरीशंकर साह र गापा अध्यक्ष श्रीलाल साह मोदि को पहलमा विभिन्न वडा बाट नेकपा र नेपाली काङ्ग्रेस पार्टी परित्या गरि ५०० जना जसपमा प्रवेश गरेका छ्न ।
तत्कालिन समाजवादी पार्टी बिन्दवासिनी गाउँपालिका अध्यक्ष रमेश साह तेलिको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय नेता राजेन्द्र श्रेष्ठ, प्रदेश नं. २ को मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव, क्षेत्र नं. ३ का सांसद हरिनारायण रौनियार, प्रदेश सभा सदस्य प्रह्लाद गिरी, सिंघासन साह कलवार, मंजुर आलम, जन्नत अन्सारी, करीमा बेगम, नेता नेजामुदिन सम्मानी, रामनरेश यादव, तबरेज अहमद, पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, जसपा नेता गौरीशंकर साह(गौरी दादा),बिन्दवासिनी गापा अध्यक्ष श्रीलाल साह मोदि लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश