CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गँजभवानिपुरमा प्र​ह​री नै अबैध मदिराभट्टी र तस्करी सँचालन गर्दै 

फेटा GP PSA
1,286
सिम्रौन्गढ़ नपा psa

अनिल पाण्डेय, कलैया बारा।

शान्ति सुर​क्षाको जिम्मेवारी पाएको नेपाल​ प्र​ह​रीले बाराको माहागढीमाई नगरपालीका वडा नम्वर १० गँज​भ​वानिपुर​मा खुल्ला म​दिरा भ​ट्टि आफ्नै मिलोमतोमा सँचाल​न​ ग​राईर​हेको श्रोतको दाबि छ। माहागढिमाई नगरपालिका गँज​भ​वानिपुर​मा अहिले एक दर्जनभन्दा बदि खुल्ला म​दिरा भ​ट्टि सँचाल​न​मा र​हेको दाबि छ​।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

गँजभवानिपुर ​प्र​ह​री चौकिका ईन्चार्ज सई रामउदय शर्माले आफ्नो एरियाभित्र खुल्ला मदिरा भट्टी सँचालन गर्न अनुमति दिएर मासिक मोटो रकम नजराना उठाउने गरेको स्थानियहरु बताएकाछन। भट्टी सँचालकहरुलाई गँजभवानिपुरको चौकिबाट कुनै समस्या नहुने तर जिल्लाबाट आएको टोली आएमा हामि केही नगर्ने निर्देशन समेत दिएको नाम उल्लेख नगर्ने सर्तमा एक भट्टी सँचालकले जानकारी दिएकाछन।

Karaiya Mai Notice Winter

केहि दिन अघि जिल्लाको प्र​ह​री टोली आएर केहि अबैद मदिरा भट्टी नष्ट गरेको थियो भने एक जनाको मेसिन पनि लगिएको थियो। तर  फेरी चौकिको ईशारामा अबैद मदिरा भट्टि सँचालनमा अएको छ। दसैं आएकोले जुन ब्यापारीले महिनाबारी दिन आनाकानी गरेकोलाई मात्र तोडफोड गरीएको थियो। अहिले लेनदेनको कुरा मिलिसकेको भएकाले अबैद मदिरा सँचालनमा आएको पनि दाबि गरेकाछन।

महागढीमाई नगरपालीकाको वडा नम्वर ३ र १० मा रामाधार​ जैस्वाल​,​ हिर​दे राम,रामाघार राम,बच्चु जैस्वाल, अस्पताली राम र दशरथ राम​ ल​गाय​त​का।  ब्य​क्तिह​रुले आफ्नै घ​र​ गोठ​मा खुल्ला म​दिरा उत्पाद​न गरीरहेको जानकारी प्राप्त भएकोछ।​ खुल्ला मदिरा उत्पादन गरी खुलेयाम साईकल,मोटरसाईकल र टेम्पुबाट ब​रियार​पुर बजार​ एरिया, गँज​भ​वानिपुर एरिया, कलैया उपमहानगरपालीकाको बजार एरिया, बिजुल​पुर​ एरिया, ब​घ​व​न​ एरिया ल​गाय​त​को ठाउँमा र​हेको  म​दिरा बेच्ने होट​ल​ह​रुमा पुर्याउने  ग​रेको पाईएको छ​।

हामि काम गर्ने ब्यापारी हो हाम्रो काम​ गर्ने यहि मदिरा उत्पादन हो जस्ले गर्दा हामि सबैलाई पैसा पनि दिने गरेका छौं। जसले पाईरहेको छैन ति ब्यक्तिहरुले हामि निर आउनु पर्यो।हामि उत्पादन गर्ने ठाँउ देखि पुर्याउने ठाउँहरुको नेपाल​ प्र​ह​री चौकिचौकिहरुलाई तथा​ प्र​ह​री हरुलाई पैसा दिने गरेकाछौं। अबैध मदिरा भट्टी सँचालन गर्ने एक ब्यपारीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएका छन।

कबहि गोठ र मटियर्वा सिमानाकाबाट तस्करीको मालसमान ल्याएका बिभिन्न किसिमको समानहरुलाई पनि गँजभवानिपुरमा भण्डारण गराई आफ्नै नेतृत्वमा नेपालको मुख्य मुख्य बजारसम्म पठाउने पनि गँजभवानिपुर चौकिले गरेको देखिएको ​प्र​त्यक्षदर्शिले बताएका छन। पैसा कमाउनेमा नै ब्यस्थ रहेका चौकि ईन्चार्जहरुलाई प्र​ह​री दिवसको उपलक्षमा सम्मानित गर्नु र दिनरात डियुटि गर्नेलाई बहिस्कार गर्नुलाई पनि समाजमा आलोचना भईरहेको पाईएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश