CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गर्भवती महिलालाई शस्त्र प्रहरी जवानले दियो आफ्नो रगत !

गर्भवती महिलालाई शस्त्र प्रहरी जवानले दियो आफ्नो रगत !

फेटा GP PSA
528
सिम्रौन्गढ़ नपा psa

गर्भवती महिलालाई शस्त्र प्रहरी जवानले दियो आफ्नो रगत !

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट चैत २७। जिल्ला अस्पताल गौरमा एक गर्भवती महिलालाई शस्त्र प्रहरी जवानले रक्त दान गरि ज्यान बचाएका छन्। रौतहट जिल्लाको गौर नगरपालिका वडा नंबर ९ कि एक महिलाले गर्भपतनको अवस्था एकदमै नाजुक रहेकोले शस्त्र प्रहरी बलका दुई प्रहरी जवान रजनीकान्त बैठा र सुनिल यादवले आफ्नो अमुल्य रक्त दिई ज्यान बचाएको शस्त्र प्रहरीका प्रहरी उपरीक्षक सुर्य बहादुर सेन अोली जनाएको हो। जिल्ला अस्पताल गौरमा उपचारत महिलाको हेमो ग्लोबिन कम रहेकोले ठूलो अपरेसन गरि गर्भपतन गर्न बाध्यता रहेको डा गोपाल गुप्ताले जनाएको हो। सो महिलाको दोस्रो सन्तान अपरेसन द्वारा नै गर्नुपर्ने अवस्था सृजना भएको हुँदा गर्भवती महिलाको ज्यान बचाउन ठुलो अपरेसन गर्नुपर्ने बाध्यता भएको डा गुप्ताले जनाएको हो। नामको लागि मात्रै रहेको जिल्ला अस्पताल खोक्रो बन्दै गएका छन्। महिनौंदेखि स्टोर रुममा थन्किएको आईसियु रुमका समानहरु जस्ताको त्यसतै रहेको हो। जिल्ला अस्पताल गौर रेफर अस्पतालको रुपमा चिनिन्छ। अस्पतालमा दरबन्दी अनुसार डाक्टरको ब्यवस्था नहुँदा अस्पतालको अवस्था झन जटिल बन्दै गएको हो। जिल्ला अस्पताल गौर डा गोपाल गुप्ता र कृष्णा साहको भरमा मात्र चलिरहेका छन्। अस्पतालमा ब्यवस्थित समान र अपरेसन थिएटर,आईसियु, भेन्डिलेटरको ब्यवस्था नहुँदा काम गर्न अप्ठ्यारो भई रहेको डाक्टरहरुले बताउँछन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश