CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राधेमाइका सक्रिय युवा समुह द्वारा आज पनि चौथो दिन कोभिड पीडित लाइ खाद्यान्न सामग्री बितरण

फेटा GP PSA
705
सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

कोभिडको महामारीमा कठपुताली झैँ रहेका सरकारहरुले केहि गर्न नसकेको खण्डमा आफ्नो-समाज आफै बचाउ भन्ने अभियानमा स्थानिय युवाहरुले लागेका छन्। बिरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाइका सक्रिय युवा समुह द्वारा आज पनि चौथो दिन ज्यालादारी/मजदुरी र कोठा भाडामा बसेका गरिब अति बिपन्न परिवार लाइ खाद्यान्न सामग्री बितरण गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बढ्दै गएको निशेधाज्ञाका कारण गरिब र अति बिपन्न परिवार लाइ समस्या देखे पछी स्थानीय युवाहरू खाद्यान्न सामग्री बितरण कार्य सुरू गरेका हुन एवं यो सेवा लकडाउन समयावधि सम्म वितरण गर्ने जनाएका छन्। नपुंसक सरकार लाइ जनताको कुनै मोह नरहेकोले आफ्नो सत्ताको खेल खेल्नमा मात्र व्यस्त रहेको आरोप लगाउदै उक्त कदम चालिएको युवा हरुले जनाएका छन्।

Karaiya Mai Notice Winter

कोभिडको मारमा परेका लाइ खाद्यान्न सामग्री घरमै पुगि आज वीरगञ्जका १५ घरपरिवार लाई राहत सामाग्री वितरण गरेको छ । कोरोना नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा प्रभावित बनेका अति गरिब परिवारको लागि अपन राधेमाई युवा क्लब द्वारा आज चौथो दिन पनि राहत समाग्री बितरण गरेको छ । बितरण गरिएको संस्थाका सल्लाहकार श्रीवास्तवले जनाएका हुन्। प्रति परिवारलाई २५ के.जी, चामल , १ लिटर तेल , १ प्याकेट नुन, ३ पिस साबुन, २०० ग्राम सोयाबिन, २ के.जी. दाल, १ के.जी. चाना र माक्स सहित राहत बितरण गरिएको छ।

अपन राधेमाई युवा क्लबले एवं एड फोर लिभिङ लाईफ संग समन्वय गरी राहत बितरण गरेको संस्थाका सल्लाहकार मुकेश श्रीवास्तवले बताए। साथै हाम्रो कल्बका लागि घरको स्तम्भ जस्तो खडा उभिदिनु भएको मा ” एड फोर लिभिङ लाईफ” लाई हृदय देखि धन्यबाद दिँदै हामी जनताको लागि निरन्तर सहयोगमा लागि रहने कल्बका अध्यक्ष यादव ले बताए।

अगामी दिनमा पनि यस्तै कठपुताली सरकारको भर नपरी सेवाको कार्यमा जुटिराख्ने स्थानीय युवाहरूले बताएका छन।निषेधाज्ञामा दैनिक ज्यालादारी, मजदुरी गर्ने अति बिपन्न र गरिव परिवारका सदस्य कोइ पनि भौकै नसुतोस भन्ने उदेश्यले राहत बितरण कार्यक्रम शुरु गरिएको कल्बका अध्यक्ष पवन यादवले बताए । उहाले दैनिक ज्यालादारी मजदुरी गर्ने, असाहय, निमुखा, अति बिपन्न र गरिव परिवारको लागि राहत बितरण अभियान सुरु गरिएको बताए।

युवाहरुले हरेक सरकारको बारेमा कमि कमजोरीको बारेमा औल्याउदै भनी गरेका छन् कि यस्तै गति बिधि रही रह्यो भने आउने १० वर्षमा घर-घरमा रहेका नेताहरुले आफै आफ्नै समाजमा काटमार गरि ग्रिह युद्धको निकै ठुलो दुर्घटना नेपाल सरकार लाइ निम्त्याउनु पर्छ भने सचेत पनि गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश