CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रावणरुपी व्यवहार भएको संघ तथा प्रदेश सरकारका कारण निहारिकाको न्याय अन्यायमा : यादव

फेटा GP PSA
724
सिम्रौन्गढ़ नपा psa

काठमाडौं ।

हाम्रो देश नेपालको राष्ट्रिय गीतमा लेखिएका कुरा गीत मै सिमित रहेको तथा बिधिको शासन र कानुनी राज्य दस्तावेज मै सिमित रहि देशका नागरिक आज यक्ष वंशका राजा रावण रुपी व्यवहार भएका नेताहरुको चंगुलमा परेको अवस्था रहेको युवा नेता संजय यादवले प्रदेश सरकार र संघीय सरकार माथी कटाक्ष गरेका छन्। हाम्रो देश एक पवित्र भुमी भए तापनी यो घोर कलयुगमा हाम्रा देशका भगवान बुद्ध र साक्षात माता लक्ष्मीको रुप माता सिताको जन्म भुमी लाई रावण र रावणका भाईहरु सरकार चलाइ रहेको गम्भीर आरोप मात्र हैन कलंक समेत यादवले लगाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

त्रेतामा रावणले महिला तथा साधुसंत माथी अन्याय एवं अत्याचार गर्ने गर्थे तर हालको समयमा हाम्रा देशमा रहेका सीता रुपी चेलीहरु माथी अन्याय अत्याचार तथा दिनहु साधुसंत तथा पुजारीहरु लाई हत्या गरि रावण नै रहेको भन्ने परिचय दिन कुनै कसर बाकी नराखेको जस्ता अत्यन्त गम्भीर कलंक यादवले लगाएका छन्। त्यस्तै आफू बलात्कृत भएको र प्रशासनले कानूनी सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् ।

आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी उनले घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने माग छ ।

Karaiya Mai Notice Winter

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ । तर जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन रहदा उनि सीता सवरुप अग्निमा आत्मदाह गर्ने योजना बनाउदा अझै प्रहरी प्रशासनले ज्यादती गर्दै उनी लाई लच्छारपछार गरेका छन्। उनि महिनौ देखि अनसन बसी रहंदा पनि महिला नै देशको प्रमुख स्थान राष्ट्रपति रहदा र मधेश सरकार भने बेटी बढाउ बेटी बचाउ भन्ने मुल नारा बनाएर प्रत्येक छात्रा लाई साइकल बाड्ने कार्य गरे तापनी यो घटनामा कुनै वास्ता नराखेकोले सिधा प्रष्ट भएको छ। मधेश सरकारले जनता लाई भ्रममा पारी मात्र छात्राहरुको नाममा भ्रष्टाचार गरेका छन्। किनकि एक शब्द नबोली गुंगाको बहाना गरी चुप चाप मौन बसेका छन्।

निहारिकाको बारेमा मधेश सरकार को कुनै पनि नेता वा मन्त्रि ले उनको बारेमा केहि पनि बोलेको सुन्निन । यस बिच युवा नेता संजय यादब ले आज सामाजिक संजाल फेस बुक मा आफ्नो बिचार पोस्ट गर्दै लेखेका छन् – ” आदरणीय मधेश प्रदेशका मुख्यमन्त्री ज्यू, सभामुख ज्यू, महान्यायाधिवक्ता ज्यू र महान मन्त्री ज्यूहरू यहि हो (राखीको) उपहार …………………………….मधेस प्रदेशका महामहिम सरकार ज्यू प्रदेश सरकार सम्पूर्ण रूपमा असफल भएकै हो???? परदेश भित्र न्याय मरेकै हो ??? यहि हो “बेटि बचाउ” कार्यक्रमको सुन्दरता ??? ………………….न्यायको लागि सँघीय सरकार सँग सधैं लडने , तर मधेशको छोरी काठमाडौंमा यसरी यतना,पिडा,दु:ख भोगिरहेको देखेर पनि केहि नबोल्ने????परदेश सरकारको ” बेटी बचाउ बेटी पढाउ” अभियानलाइ कसरी मधेशको बेटीको बचाउ गर्छन, हरेक कार्यक्रममा चर्को चर्को भाषण गर्ने आज किन चुप ??? ………….मधेस प्रदेशका पिडित बेटिले न्यायको कहिले सम्म यस्तै भौउतारिने हो ??? …………..”

युवा नेता यादबले सिआइ एन नेपाल संग कुराकानी गर्दै भन्नुभयो – ” यस्तो निक्कमम्मा सरकारले बेटी बचाउ कार्यक्रम गर्न सक्छ ? जसले मधेशको एक जना बेटी काठमाडौँमा आत्मदाह गर्ने प्रयास गर्दा चुइ शब्द बोल्दैन उसले बेटी बचाउ कार्यक्रम, के आधारमा गर्छन ? यो भनेको मधेश सरकारको लाचारीपन र कायरता हो।

यसका साथै आउदो संघीय तथा प्रादेशिक चुनावमा अब यो रावणरुपी व्यवहार भएका नेताहरू लाई बहिष्कार गर्ने बाहेक कुनै विकल्प नरहेको समेत सम्पूर्ण नेपाली संग विनम्र आग्रह समेत यादवले गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश