CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भुमी आयोगको कार्यक्रममा प्रमुख अतिथिको अपहेलना

फेटा GP PSA
377
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

भुमी आयोगको कार्यक्रममा प्रमुख अतिथिको अपहेलना गरिएको हो। प्रमुख अतिथीको उपस्थिति बिना नै कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रम लाई औपचारिकता प्रदान गर्न अध्यक्ष प्रमुख अतिथि तथा विशिष्ट अतिथिको आसन ग्रहण गरे पछि कार्यक्रम लाई अगाडी बढाइन्छ तर प्रमुख जिल्ला अधिकारी लाई प्रमुख अतिथि बनाएर उपस्थिति बिना नै कार्यक्रम सुरु गरि आयोग समिति बाराले अपहेलना गरेका छन्। बारा जिल्ला नापी प्रमुख चन्दन दासले नै प्रमुख जिल्ला अधिकारी कटुवाल लाई अपहेलना गरेको जानकारहरुको भनाई तथा बुझाइ रहेकोे छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

राष्ट्रिय भुमी आयोगका जिल्ला अध्यक्ष छविलाल उप्रेतीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको प्रमुख आतिथ्यता एवं प्रहरी प्रमुख बाराका होबिन्द्र बोगटीको विशिष्ट आतिथ्यतामा जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलन गरिएको हो।

Karaiya Mai Notice Winter

राष्ट्रिय भुमी आयोग जिल्ला समिति यहि २०७८ चैत्र १७ गते गठन भैई भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहगुका समस्या समाधानका लागि जिल्लामा कार्य गर्दै आएको बारे पत्रकार सम्मेलन गरि जानकारी गराएका छन्।पहिलो चरणमा पचरौता नगरपालिका र निजगढ नगरपालिकाको काॠ सुरु गरेको र पछिल्लो क्रममा जितपुरसिमरा उप-महानगरपालिका, कोल्हवी नगरपालिका, महागढिमाई नगरपालिका, सुवर्ण गाउँपालिका र फेटा गाउँपालिका संग सम्झौता गरि आयोगले काम गरिरहेको बताएका छन्।

भुमी व्यवस्थापन सम्बन्धमा मुलत: दुई चरणमा कार्य विभाजन गरिएको जनाएका छन्। पहिलो चरणमा निवेदन संकलन गर्ने र नापनक्सा गर्ने कार्य रहेको आयोगले पत्रकार सम्मेलनमा पत्रकारहरुलाई जानकारी गराएका छन्। उक्त पालिकाहरुको वडामा खटिएका लगत संकलक मार्फत आयोगले तोकेको ढाचामा निवेदन दिन संचारमाध्यम बाट आह्वान गरेका छन्।

विगतका आयोगहरु बाट वितरण गरिएका जग्गाहरुका हकमा पनि दर्ता श्रेस्ता र नक्सा सम्बन्धि समस्याहरु देखिएकाले केन्द्र बाट सो सम्बन्धमा ३५ दिने सूचना जारी गरि सकेकोले कार्यविधि २०७८ को अनुसूची -२ बमोजिमको ढाचामा जिल्ला कार्यसमितिमा निवेदन पेश गर्न आह्वान गरिएको आयोगले जनाएका छन्।

राष्ट्रिय भुमी आयोग जिल्ला समिति बारा सदस्य केदार प्रशाद गौतम, पुर्व राज्य मन्त्री कलावती देवी पासवान, पचरौता नगरपालिकाका नगर प्रमुख जलंधर सिंह कुर्मी, सुवर्ण गापा अध्यक्ष राजेश यादव, सुवर्णका प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तव लगायत पत्रकार तथा अन्य कार्यक्रममा सहभागीहरु उपस्थिति रहेको थियोे।स्वागत मन्तव्य जिल्ला कार्य बिज्ञय सदस्य केदार प्रशाद गौतमले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश