CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकारहरुको आन्तरिक द्वन्दमा नेपाल पत्रकार महासंघ निरिह, देश लाई अराजकता तर्फ लम्काउदै

फेटा GP PSA
434
सिम्रौन्गढ़ नपा psa

पत्रकारहरुको आन्तरिक द्वन्दमा नेपाल पत्रकार महासंघ निरिह, देश लाई अराजकता तर्फ लम्काउदै

कलैया, बारा।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पत्रकारहरुको आन्तरिक द्वन्दमा नेपाल पत्रकार महासंघ निरिह बनेका छन्। भनिन्छ सञ्चार गृह र सञ्चारकर्मी देशको हरेक गतिविधि लाई आइना झै देखाएर हुन लागेको द्वन्द वा भए गरेको द्वन्द लाई निम्त्याउने परमकर्तव्य र धर्म हो। सिधा कुरामा भन्नेहो भने सरकारको विपक्षको भुमिका निर्वाह गरि जनताको हित अर्थात मानव कल्याणमा कलम चलाई सबैको दिशा निर्दिष्ट गर्ने माध्यमकोरूपमा काम गर्ने संस्था हो।

Karaiya Mai Notice Winter

तर हालको अवस्थामा सञ्चार गृह वा सञ्चारकर्मीहरुले मानव कल्याणको कुरा पर जाओस् आफ्नो सबै धर्म र कर्तव्य लाई केही छनको स्वार्थमा लिप्त रहि दुई चार बोतलको मदमा मातिएर आफ्नो अस्मिता गुमाउनुको साथै केही स्वार्थी नेताहरूको फोहरी राजनीतिमा सहयोग पुर्याउदै सिङ्गो देश लाई नै अराजकता तर्फ लम्काउन कुनै कसर बाकी राखेका छैनन्। दलहरुको जातिगत, क्षेत्रगत र स्वार्थमा सघाएर देश लाई निकै नै जटिल र भ्यानक द्वन्दमा पुर्याएका छन्।

जसको पराकाष्ठा हाम्रो समाजमा सानो मसिनो एउटा पार्टीको अधिवेशनमा गोलीहानाहान समेत हुनु हो। धेरै जसो घटना आज अन्यायमा परेका छन्। दलहरूको दलिए किस्तामा आफुहरु बाधिएर आज आफ्नो अधिकार समेत गुमाएको अवस्था रहेको छ। उदाहरणको रूपमा पत्रकार अचार संहिताको नाममा आज कुनै व्यक्तिले आफ्नो निजि स्वार्थमा कसैको इज्जत संग खेल्वाड गर्न आफ्नो निजि निवासमा लगेको छ, भने अनुमती लिनु पर्ने कानुन बनएर नेताहरु सुरक्षित गरेका छन्। कुनै कार्यालयमा नै कसैलाई केही कुनै सीनियर कर्मचारीले आफू भन्दा कनिष्ठ कर्मचारी लाई दुर्ववहार गरि रहेका छन् भने सोधेर फोटो खिच्ने कानुन बनाएका छन्। जसकारण आज निकै नै अराजकता बढेको देखिन्छ। त्यति मात्र होइन अब त जरिवाना पनि निकै मोटो रकम लागू गरेका छन्।

अरुको द्वन्द निम्त्याउनुको सट्टा आफुहरु दलिए किस्तामा बाधिएर मानव कल्याण गर्नु भन्दा दलका व्यक्ति लाई जोगउन कलम चलाई अराजकता तर्फ लम्काउन लाई सघाएका छन्। राष्ट्रिय अखण्डता र स्वाधीनता लाई समेत कुनै वास्ता नगरी सिङ्गो देश लाई नै ठुलो दुर्घटनामा निम्त्याएका छन्। त्यही कारणले आज हरेक दलका सुभेक्षुक संस्थाको नाममा सत्यतथ्य समाचार प्रकाशन तथा प्रशारण नगरी निष्ठा पुर्वक कार्य गर्नुको सट्टा दलहरूले गरेको अन्याय र अत्याचारमा सघाएर झुठो पदक/पदवीले विभुषित हुनेगरेका छन्। पत्रकार भनेको देशको चौथो अंग हो तर हालको अवस्थामा हाम्रो नेपाल आज देशको चार वटै प्रमुख अंग (कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र सञ्चार जगत) निकाय आफ्नो दलको पछि पुच्छर समातेर प्रमुख पद पाउने आसमा आफ्नो धर्म र कर्म समेत गुमाएको अवस्था रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश