CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उदाहरणीय कार्यहरु गराई इतिहास कायम गराउन आग्रह : मुख्य मन्त्री यादव

फेटा GP PSA
437
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

सिम्रौनगढ नगरपालिका द्वारा होली मिलन कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गरिएको थियो। सिम्रौनगढ नगर पालिकाको प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षता तथा मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। उक्त होली मिलन कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी मधेस प्रदेशका मुख्य मन्त्री यादवले भने यस क्षेत्रका जनताहरु लाई धन्यवाद दिएका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यहाँ बाट अत्याधिक मत दिई आज मुख्य मन्त्री सम्म बनाउनमा मदत गर्नु भएको छ र अब तपाईहरुको मतको कदर गर्ने मेरो जिम्मेवारी रहेको छ, जसलाई आउने समयमा तपाईहरुको सल्लाह सुझावको अपेक्षा राख्दै उदाहरणीय कार्यहरु गराई इतिहास कायम गराउन आग्रह गरेका थिए। आउदो दिनमा यहाँको प्रत्येक क्षेत्रमा चौतर्फी विकास गर्छु, तथा जनताको जुन सुकै कार्य होस त्यो कार्यमा सघाउने विश्वास व्यक्त गरेका थिए।

साथै तपाईहरुको ठुल ठुला योजनाहरु मलाई भन्नुस त्यस्ता योजनाहरु लाइ म प्राथमिकता दिन्छु भनी आग्रह गर्नु भएको थियो। वहाँले अर्को शब्दमा भने यस क्षेत्रका नेता नभई म यस क्षेत्रको एउटा छोरा हो, यो मेरो घर हो, र मेरो प्रती कुनै किसिमको खराब भावना कसैलाई छ भने मलाई क्षमा गर्नु होला। म जिते पछि म सबैको मुख्य मन्त्री हो भन्ने कुरा राखेका थिए। होली पर्वको सम्पुर्ण क्षेत्र वासीहरु लाई र प्रदेश एवं देशका सम्पूर्ण नेपाली लाई शुभकामना दिदै यो होलीको पर्वमा जाडरक्सीको सेवन नगरी आपसमा भाई चराको नाता लगाई होली पर्व मनाउन आग्रह गर्नु भएको थियोे।

त्यस्तै सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी प्रसाद कलवारले भने यो होली मिलन कार्यक्रम धेरै वर्ष पछि भई रहेको छ, यसलाई आफ्नो प्रम्परा अनुसार मनाउनु पर्छ। जाडरक्सी नखाई एक आपसमा भाईचराको नता लगाई खुट्टामा अबीर लगाई होली पर्व मनाउनु पर्छ भनी आग्रह गर्नु भएको थियो। साथै नगर प्रमुख कलवारले मुख्य मन्त्री सरोज कुमार यादव लाई कुर्ता, पैजामा र अबीर लगाई सम्मान गरेका थिए। साथै सिम्रौनगढका सम्पुर्ण वाडा अध्यक्षहरु लाई तथा सन्चारकर्मीहरु लाई गम्छा ओढाई सम्मान गरेका थिए। उक्त कार्यक्रममा सिम्रौनगढका जनता, कार्यकर्ता, तथा आदर्श कोतवालका भद्रभलादमीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा रामबाबु यादवले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन डा. प्रमानन्द यादवले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश