CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लेखापाल चौधरीले पुर्व मन्त्रीको पावरले नपामा मनोमानी गर्दै

फेटा GP PSA
1,162
सिम्रौन्गढ़ नपा psa

सबिर आलम, कलैया, बारा।

हाम्रो देशको मुलकानुन संबिधानमा लेखिएको संबैधानिक अंगहरुमा राजनीतिक न्युक्ती र मनोनीत गर्ने नियमको आडमा आफ्नो पावरको धाक लगाउदै बाराको सिम्रौनगढ नगरपालिका स्थापना समय देखि नै लेखापालको रुपमा काम गर्दै आएको लेखापाल सर्वेन्द्र चौधरी सिम्रौनगढ नगरपालिकामा मनोमानी गर्दै आएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपालमा सँघियता आएदेखि नै सिम्रौनगढ नगरपालिकामा नै दरबन्दी रहेको लेखापाल सर्वेन्द्र चौधरी हाल नगरपालिका कार्यलयमा जान नै छोडेका छन् ‌। लेखापाल चौधरी नेपालिका कांग्रेसका सहमहामन्त्री एवम् नेपाल सरकारको पुर्व खानेपानी मन्त्री उमाकान्त चौधरी र बारा क्षेत्र नं १ का नेपालि कांग्रेसका क्षेत्रीय सभापति एवम् सिम्रौनगढ नगरपालिकाको पुर्ब नगर प्रमुख यादवको छत्रछायाँमा नगरपालिका लाई नै ध्वस्त बनाउने कार्य गरीरहेको गुनासो स्थानीयहरुले गुनासो गरेका छन्।

Karaiya Mai Notice Winter

पुर्व नगरप्रमुख यादवको कार्यकालमा लेखापाल चौधरीले आफुखुसी नगरको बजेट चलाएका थिए। साथै पुर्ब नगरप्रमुख यादवको ईसारामा नगरपालिकाको बिभिन्न योजनाहरुको बजेट काम नै नगरी भुक्तानी दिने गरेको कारणले दोस्रो कार्यकालको लागि निर्वाचित भएका नगरप्रमुख किशोरी प्रसाद कलवारले हिसाब माग गरेकोले नगरपालिका कार्यालय नै जान छोडेका छन्। जसले गर्दा नगरपालिकाको कामकाज नै प्रभावित हुने गरेको छ।

लेखापाल चौधरी कार्यालयमा जान छोडि मोवाईल अफ गरी भुमिगत रुपमा रहि नगरपालिकाको योजनाबाट कमिशन आउने पक्का भएपछि भुक्तानी चेक बनाएर पठाउने गरेका छन। नगरपालिका बाट भुक्तानी लिन लेखापाल चौधरीको ह्वाट्सएपमा कमिशन कति दिने म्यासेज गरेपछि चौधरीले आफै सम्पर्क गरी कमिशन पक्का गर्ने गरेका छन्। र उक्त कमिशन रकम आफै नलिई कोहलवी र निगजढको साथिको बैंक खाता, मनि ट्रान्सफर वा ईसेवा बाट लिने गरेका छन्। र उक्त योजनाको भुक्तानी कोल्हवी नगरपालिका – ११ रामपुर्वामा आफै सँचालन गरेको गाई फारमबाट चेक बनाई पठाउने गरेका छन्। लेखापाल चौधरीले त्याहाँ बाट बनाएको चेक सहलेखापाल जितेन्द्र चौधरी लाई दिई नगरपालिकामा पठाईदिने र सहलेखापाल जितेन्द्र चौधरीले नगरपालिकामा ल्याई प्रमुख प्रशासकीय अधिकृतसँग चेकमा हस्ताक्षर गराई सम्बन्धित ब्यक्तीलाई दिने गरेको जानकारी नाम उल्लेख नगर्ने सर्तमा एक जना सेवाग्राहीले जानकारी दिएका छन्।

लेखापाल चौधरीले आफ्नै नाममा रकम निकासा गरि आफ्नो मनोमानी ढंगले भरपाई गराएर सेवाग्राहीहरु संग बिल हराएको बहानामा दुईवाट बिल लिएर दुईटै पास गरि एउटाको रकम दिने र अर्को बिलको रकम आफै राख्ने गरेको पनि खुलासा गर्दै सेवाग्राहिहरुले बताउने गरेका छन्।

यस विषयमा सिम्रौनगढ नगरपालिकाको नगरप्रमुख किशोरी प्रसाद कलवारसँग कुरा गर्दा लेखापाल चौधरी कार्यालयमा नबसेको कारणले सम्पुर्ण नगरपालिकामा नै समस्या हुने गरेको बताए। लेखापाल चौधरी कार्यालयमा नआउने तथा फोन सम्पर्क गर्दा सम्पर्क नहुँदा गरीब दलित र बिपन्न परिवार लाई आर्थिक सहयोग समेत गर्न जटिल भएको गुनासो गरेका छन्। जसर्दा नगरपालिका नै बदनाम हुने गरेको छ। हामि चाँडै लेखापाल चौधरीको विकल्प खोज्ने प्रतिबद्धता जाहेर गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश