CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाको भूमिका महत्वपूर्णः मन्त्री साह

फेटा GP PSA
331
सिम्रौन्गढ़ नपा psa

जलेश्वर।

मधेश प्रदेश सरकारकी विना विभागीय मन्त्री सुरिता साहले चौथो अंगको रुपमा रहेको मिडियाको शक्तिलाई चिन्न नसक्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तै भएको बताउनु भएको छ ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशले नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सभाहलमा शुक्रबार आयोजित सामुदायिक रेडियोहरुको व्यवस्थापन एवम् सुदृढिकरण सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँर्दै वहाँले यस्तो बताउनु भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मधेश आन्दोलन लगायत अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुहुँदै मन्त्री साहले भन्नुभयो ‘ चौथो अंगको रुपमा रहेको मिडियाको शक्तिलाई चिन्न नसक्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तै हो ।’ मधेश प्रदेश सरकारले अन्य क्षेत्र जस्तै मिडियालाई महत्व दिएर नीति तथा कार्यक्रम र बजेटमा सम्मानजनक रुपमा सम्बोधन गर्नुपर्ने वहाँ बताउनुभयो । मधेशका मिडियाहरुले विभिन्न चुनौतिहरुको सामना गर्दै जनतालाई सुसूचित गर्ने कार्य गर्दैआएकोमा प्रशंसा मन्त्री साहले प्रशंसा गर्नुभयो ।

Karaiya Mai Notice Winter

सामुदायिक रेडियो प्रशारक संघ मधेश प्रदेशका अध्यक्ष मनोज कुमार यादवले मधेश प्रदेश सरकारले सामुदायिक रेडियोहरुलाई सबल बनाउन सरकारले सम्मानजनक बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । वहाँले रेडियोहरुको अवस्था जर्जर हुँदै गएको र ११ ओटा ओटा एफ.एम. रेडियो आर्थिक भार खेप्न नसकेर बन्द भएको चर्चा गर्नुभयो ।

मधेश प्रदेशका पूर्व गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले संघ सरकारले प्रदेशलाई अधिकार दिने सवालमा गम्भीर नरहेकोले संविधानले दिएको अधिकारलाई कार्यान्वयनमा ल्याउन सबै पक्ष एकतावद्ध भएर लाग्नुपर्ने बताउनुभयो । विभिन्न निर्वाचनहरुका कारण सरकारले समयमा बजेट परिचालन गर्न नसकेकोले नीति तथा कार्यक्रम र बजेट आईसकेपछि द्रूत गतिमा कामहरु अगाडि बढ्ने वहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रदेश सभा सदस्य किरण साहले देशमा परिवर्तनमा ल्याउन मधेशका मिडियाहरुले महत्वपूर्ण भूमिका निभाएको चर्चा गर्दै मिडिया क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । केही राम्रा र उदाहरणीय कामहरु आमसञ्चार प्राधिकरणले गरेको भन्दै थप गति दिन समयमा बजेट र कर्मचारी व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्ण, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, आमसञ्चार प्राधिकरणका बोर्ड सदस्य प्रतिमा चौधरी, प्रेस काउन्सिलका पूर्व सदस्य चन्द्रदेव कामती, प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंह, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकी कार्यवाहक अध्यक्ष सुनिता बराल, सामुदायिक रेडियो प्रशारक संघकी प्रदेश सदस्य भारती गुप्ता लगायतले सामुदायिक रेडियोहरुले भोग्दै आएको समस्याबारे चर्चा गर्नुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश