CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

देवतालमा एक घर एक चापाकल : अध्यक्ष यादव

फेटा GP PSA
871
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

देवताल गाउँपालिकाको १० गाउँ सभा गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवको अध्यक्षता तथा उपाध्यक्ष सितापती यादव एवम् कार्यालय प्रमुख नवीन कुमार श्रीवास्तवको विशिष्ट आतिथ्यतामा सभा गरिएको थियो । गाउँपालिका अध्यक्ष यादवले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए। गाउँपालिका अध्यक्ष यादवले गाउपालिकाको उन्नति र प्रगतिका लागि आफुहरु प्रतिबद्ध रहेको बताए । यादवले आफुहरु बिच स-साना कमि कमजोरी रहेको लाई मिलेर पहिचान गर्दै समाधान गरेर नमुना गाउँपालिका बनाउने योजना रहेको बताए । ईमान्दार भएर गाउँपालिकाको चौतर्फि बिकासका सबै पार्टीका प्रतिनिधि हरुको समेत सुझाव संकलन गरेका थिए। यादवले आउदो आ.व. देखि शिक्षा, स्वास्थ्य, र स्वरोजगार अर्थात कृषि उत्पादनमा बढी ध्यान पुर्याएर अगाडी बढने बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गाउँपालिका अध्यक्ष यादवले गाउँपालिका लाई आवश्यक हरेक किसिमको योजनालाई प्राथमिकतामा राखेको बताएका छन । यादवले बस्ती स्तरको योजनालाई आफुले पहिलो प्राथमिकता दिएको बताएका छन । यादवले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका अतिआवश्यक कुराहरु लाई चरणबद्धरुपमा समाधान गर्दै जाने बारे विश्वास व्यक्त गरेका थिए। जनतालाई घातक रोग लागेमा आर्थिक सहयोग स्वरुप बढीमा ५० हजार सम्म दिने र प्याथोलोजी ल्याब सन्चालन गराईने, खानेपानीका लागि एक घर एक चापाकल योजना अन्तर्गत सबै घरमा चापाकल दिइने बताए ।

खेलकुद क्षेत्रको लागि विभिन्न प्रतियोगिता सन्चालन गरिने यादवले बताए । गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम अन्तर्गत रोजगारी सृजना गरिनेछ । हरित गाउँपालिका बनाउन सबै तिर बृक्षारोपण गरिने यादवले बताए । गाउँ सभाले आव २०८०/०८१ का लागि ३१ करोड ७ लाख ४३ हजारको बजेट प्रस्तुत गरेको हो । गाउँ सभामा गाउँपालिकाका सातै वडाका वडा अध्यक्षहरु क्रमशः अरुण कुमार सिंह, मनरोदिन मिया ठकुराई, रामकिशोर प्रसाद कुश्वाहा, ललन प्रसाद यादव, सुरेश प्रसाद साह, सन्जय पटेल, सतेन्द्र यादव, कार्यपालिका सदस्यहरु कान्ति देबि, ललिता देबि, किशुनदेव ठाकुर, रामपुजन पण्डित, सरस्वती देबि, प्रभा देबि धोबी, गाउ सभा सदस्यहरु, सम्पुर्ण शाखा प्रमुखहरु, सन्चारकर्मी एवम पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यालय प्रमुख श्रीवास्तवले सुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम सन्चालन प्रशासन शाखा प्रमुख राजिव यादवले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश