CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पचरौता नेपालको साचिकै नमुना रहेको अर्को प्रमाण स्वरुप कुटपिट, पीडित अस्पतालको सैयामा

फेटा GP PSA
3,118
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

हुनत नेतृत्व वर्ग भनेको हाम्रो समाजिक मान्यता अनुसार समाजमा हुनेगरेको सामन्जस्यहरु लाई समाधान गरि अगाडी बढाइने व्यक्तित्वहरु लाई भन्ने तथा बुझ्ने गरिन्छ, तर हालको संघीय लोकतान्त्रिक गणतन्त्र लाई बदनाम गर्ने र यस व्यवस्था लाई नचाहने एवं केही आफ्नो निजि स्वार्थगत भावना बाट ग्रसित भएर सिङ्गो राज्य व्यवस्थाको कानुन लाई नै थाती राखी आफू लाई सर्वस्व बुझेर कसैको नसुन्ने गरिएको पाईरहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सोहि अनुरुप पचरौता नेपालको साचिकै नमुना रहेको अर्को प्रमाण स्वरुप कुटपिट गरि घाइते तुल्याएका छन्। नगर उप-प्रमुखकि श्रीमानले आफ्नै पालिकाका सानातिना बालकहरु संग मुखलारे कुटपिट गरि घाइते तुल्याएका छन्। पीडित अस्पतालको सैयामा सिकिस्त भएर उपचार गराउन बाध्य भएका छन्। बाराको सबै भन्दा कान्छो पचरौता नगरपालिका हो। र ठिक त्यस्तै कान्छो विचार र बुद्धि पनि रहेको बुद्धिजीवीहरुको भनाई अनुरुप कार्यहरू पनि देखाउने गरेको छ। वडा न.२विशुनपुर वैरियाका नगर उप-प्रमुख नसिमा खातुनकि श्रीमान नेवाजी मियाले (अपसब्द) गालीगलौज प्रयोग गरि अपमानित तथा अपहेलित गरिरहेका कारण झडप भएको पीडित नरेन्द्र कुमार यादव, पप्पु प्रशाद यादव, राकेश कुमार यादव, राजिन्द्र प्रशाद यादव र राजेश यादव लगायतका घाइते भएका छन्।

नगर उप-प्रमुखको श्रीमानले पदको मदमा मातिएर मानविय व्यवहार नगरी राणा शासन जस्तो क्रुर व्यवहार गरि लोकतन्त्रको उपहास समेत गरेको समेत पीडितहरुको भनाई रहेको छ। घटनामा संलग्न रहेकाहरु माथी सत्यतथ्यको छानबिन गरि कानुन अनुसारको दण्ड होस भन्ने पीडितहरुको मांग रहेको छ। खेलकुदका लागि नगरपालिका बाट निकासा भएको रकम बारे खेलाडीहरुले आफ्नो अधिकार खोज्न लागेको निहुमा यो घटना भएको पीडितहरुको भनाई रहेको छ।

यदि यस्तो घटना बारे संबंधित निकायले काखापाखा गर्यो भने भोलीको समयमा यस्ता गतिविधि गर्नेहरुको संख्यामा वृद्धि भएर हरेक घर-घरमा घटना हुँदै पुरै समाज अक्रान्त हुन सक्ने बेर नलाग्ने उक्त वडाका वडा अध्यक्ष मनोज यादवले बताए। र यस्तै यो बिकृती हरेक समाजमा सरुवा रोग झै सर्न थाल्यो भने गृहयुद्धको निम्तो सरह भएकोले तत्काल यस्तो घट्नामा तदारुकताका साथ संवेदनशील हुन वडा अध्यक्ष यादवले आफ्नो धारणा राखेका हुन।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश