CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कटवासीमाई पाँच बर्षिय मेला मुल समितिको कार्यालयको उद्घाटन, कार्यक्रममा कडा शान्ति सुरक्षाको ब्यवस्था रहने र तामझामका साथ मेला लाग्ने : नगरप्रमुख यादव

फेटा GP PSA
5,761
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

टवासीमाई पाँच बार्षिय पुजा एवम मेला मुल समिति कार्यालयको उद्घाटन कार्यक्रम आज सोमबार सम्पन्न भएको छ ।महागढीमाई नगरपालिका वडा नं ७ अवस्थित तेलगाईमा कटवासीमाई मन्दिर अगाडि पाँच बार्षिय पुजा एवम मेला मुल समिति कार्यालयको उद्घाटन नगरप्रमुख उपेन्द्र यादवले गर्नु भएको छ ।नगरप्रमुख उपेन्द्र यादवले मुल समिति कार्यालयको उद्घाटन गर्दै कटवासीमाई मेलामा आउने भक्तजनको लागि कडा शान्ति सुरक्षाका साथ मेला भब्य र सभ्य लाग्ने बताउनु भएकोछ । मेलामा आउने भक्तजन दर्शनार्थीहरुको लागि खानेपानी , शौचालय ,र बासको ब्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर मेला समितिले ब्यवस्थापन गरिरहेको छ ।कटवासीमाई मंन्दिर सम्म पुग्न नगरपालिकाले सडक बाटोघाटो र बिजुली बतीको ब्यवस्थापन गरिसकेकोछ । मेला पछि कटवसीमाई मंन्दिर समेत निर्माण गर्ने नगरपालिकाका नगरप्रमुख यादवले बताउनु भयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मेलालाई भब्य र सभ्य बनाउनका लागि दुई किलो मिटर मित्रमा जुवा रक्सी बन्द गर्नु पर्छ । जुवा रक्सी बन्द नभएमा मेला शान्ति सुरक्षामा सुचौती पनि बढन सकिन्छ। मेला जुवा तास रक्सी बन्द रहने बारा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनु हुन्छ । मेलामा भारतीय भक्तजन आउनमा कुनै किसिमको बाध नहुने र भारतीय समान आउन जानमा कडाई हुनेछ । मेलामा आउने भक्तजनको लागि अझ थप सहुलियतको लागि माथिल्लो निकाय र गृहमन्त्रालयसंग समन्वय गरेर सहज गर्ने सापकोटाले जनकारी गराउनु भयो ।

Karaiya Mai Notice Winter

तराई मधेस जिल्लाको विभिन्न शक्ति पीठ मध्ये कटवासीमाई पनि एक शक्ति पीठ हो कटवासीमाईको पूजा एवम मेलामा बढी भक्तजन आउने गर्छन।कटबासीमाई मेलामा आउने भक्तजनलाई गाउँबासी नगरबासी र जिल्लाबासीले आ आफ्नो ठाउँ बाट भक्तजनलाई संरक्षण गरिदिनको लागि संबिधान सभा सदस्य रामजोध्या यादवले आफ्नो मन्तव्य राख्नुको साथै थप ब्यपार ब्यवसाय गर्ने ब्यपारीहरुको लागि मेलामा सहज बनाउन प्रशासनलाई आग्रह गर्नु भयो ।

बिश्व प्रसिद्ध गढीमाई जस्तो कटवासीमाईको पुजामा पांच बर्षमा पांच किसिमको बली दिने चलन रहेको छ । रंगा, बोका, कुखुरा, सुगर, परेवा, दिने गर्छन तर बोकालाई उल्टाएर बली दिने चल्न रहेको महागढीमाई नगरपालिका वडा नं ७ का अध्यक्ष एवम कटवासीमाई मेला मुलसमिती अध्यक्ष शिबेन्द्र प्रताप सिंहले बताउनु भएको छ । मेलामा मनोरञ्जनको लागि विभिन्न किसिमको झुलुवा, खेल तमासा, लगाएत आउने गर्छन मेला मंसिर २७ गते देखि ५ गते सम्म लाग्ने गर्छ । मंसिर २७ गते कलश यात्रा र बली पुष ३ गते हुने मुलसमितीको अध्यक्ष प्रताप सिंहले जनकारी गराउनु भएकोछ ।

वडा अध्यक्ष शिबेन्द्र प्रताप सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्ब राष्ट्रिय सभा सदस्य रामेश यादव , सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादव, जसपाका केन्द्रिय सदस्य रामकिशोर यादव, नेपालेर कांग्रेसका भैयाराम यादव, जिल्ला प्रहरी कार्यालयका उपरीक्षक सुरेश कफ्ले, शस्त्र प्रहरी जिल्ला उपरीक्षक, वडा अध्यक्षहरु, पत्रकार, क्रमचारी सर्बसधारण लगाएत अन्य क्रमचारी र जनप्रतिनिधिको उपस्तिथि रहेको थियो ।कार्यक्रमको संचालन मोतिलाल कुशवाहाले गरेको थियो

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश