CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भैसीको प्रतिमा तोडफोडमा पक्राउ परेकालाई रिहाई गर्न जनमत अध्यक्ष सरार्फको माग

फेटा GP PSA
318
सिम्रौन्गढ़ नपा psa

वीरगंज –  वीरगंज महानगरपालिकाले वडा नं २१ परवानीपुरमा लगाएको भैसीको प्रतिमा तोडफोड गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा कृष्ण चौरसिया,पवन श्रीवास्तव,राजन महतो ,सौरभ पटेल ,राकेश उपाध्याय र सागर साह कानु रहेका छन । उनीहरुलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

परवानीपुरको हनुमान चोकमा लगाईको भैसीको प्रतिमाप्रति शुरुदेखी नै असहमती प्रकट भएका थिए । स्रोतका अनुसार महानगरले प्रतिमा हटाउने आश्वासन दिएकोपनि थियो तर लामो समय बित्दा समेत प्रतिमा नहटाइएपछि स्थानीयले प्रतिमा तोडफोड गरि हटाएका हुन । वीरगंज महानगरका बिभिन्न स्थानमा बिभिन्न जातका जनावरहरुको प्रतिमा लगाइएको छ ।

के आवश्यकताका कारण ति प्रतिमा लगाइयो र त्यसले बीरगंज महानगरलाई फाइदा के हुन्छ ? भन्ने बिषय पनि अहिले बहसमा आएको छ । जनमत पार्टी पर्साका अध्यक्ष ओमप्काश् सर्राफले समाजिक संजाल मार्फत तानाशाही चल्दैन बजेट दुरुपयोग गर्न पाइदै भन्दै खवरदारी गरेका छन । उनले पक्राउ गरिएकाहरुलाई तत्काल रिहा गर्न माँग गरेका छन ।

यस्तै वीरगंज महानगरपालिका वडा नं २० का वडाध्यक्ष रामकिशोर सिंह “पराग”ले पनि आफनो सामाजिक संजाल मार्फत पक्राउ गरिएका युवाहरुलाई सम्झाई बुझाई रिहा गर्न अनुरोध गरेका छन । उनले महानगरलई धरातल र आवश्यकता नबुझि यस्ता काम नगर्न सुझाएका छन । उनले सबै कामको भूक्तानी भएको र अव काम हुदै गरेको लेखेर आर्थिक अनुशासनहिनतालाई पनि संकेत गरेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश