CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रेम विवाह लाई गरे कुटपिट विवाहमा परिणत, दाइजोको बहानामा विवाह रोकियो

फेटा GP PSA
536
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २९ फाल्गुन वीरगञ्ज 

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

 दाइजोमा सुनको सिक्री नदिएको निहुँमा विवाह नै रद्द गर्ने बेहुलासहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा गएराती विवाहको मण्डपमा वैवाहिक कार्यक्रम चलिरहकै समयमा सुनको सिक्री नपाएको निहुँमा बिहे रद्द भएको घोषणा गर्ने बेहुलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Karaiya Mai Notice Winter

पक्राउ पर्नेमा बेहुला बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ सिनेमा चोकका बेहुला उमेश साह , बेहुलाका बुवा बच्चालाल साह , दाजुहरु राकेश साह र मुकेश साह, भिनाजु बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बस्ने रामएकबाल साह सहित ५ जना रहेको प्रहरीले जनाएको छ ।

दाइँजोमा सुनको सिक्री नपाएपछि उमेश र वीरगन्ज २४ रामगढवाका सुखल सहकी छोरी रमिता कुमारीको विहे नै भाँडिएको छ । विहे चल्दै गर्दा बेहुला र बेहुली पक्षबिच विवाद भएको खबर आएपछि बेहुला पक्षका ५ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरक्षिक धर्मजंग थिङले जानकारी दिनुभयो ।

बेहुला पक्ष्को भनाई अनुसार यो विवाह भनेको वास्तविक रुपमा पहिला लभ भएको हो। जुन केटीको मामा र भाइ दुबै जनाको नामन्जुरी थियो। सोही कारण विभिन्न योजनाको तहद जसरी पनि यो विवाह नहोस् भन्ने काम्याबी तर्फ लागेको केटाको बुबाले बताएका छ्न। एक वर्ष पहिला नै ईङेजमेन्ट भएको थियो। केटीको भाईले बहिनी लाई धम्काउदै तिमी विहे गरिस भने म फाँसी लगाएर मर्छ र मामाले भने तिमी संग कोहि साथ हुदैन भन्ने कुराको धाकधम्की दिदै आएको केटा पक्षले बताएका छन्।

उमेश वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटरको रुपमा कार्यरत छन् । भने रमिता वीरगन्जकै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन रहेकी छिन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश