

कलैया, बारा।
बारा जिल्लाको सदरमुकाम रहेको कलैया उपमहानगरपालिकाको १३ औ नगर सभा गरिएको हो । सभामा नीति कार्यक्रमलाई उप मेयर रौषन प्रविणले प्रस्तुत गरेकी थिईन । उप मेयर प्रवीणले कलैयाको आव २०८१/०८२ को लागि १ अर्ब ५१ करोड ९१ लाख ३३ हजारको बजेट प्रस्तुत गरेकी थिइन्। बजेटको मुल उद्देश्य शैक्षिक प्रशासनिक पर्यटकिय शहर स्वच्छ समुन्नत कलैया नगर कृषि र पुर्वाधार समृद्ध लाई कलैयाको आधार रहेको नारा सहित बजेट विनियोजन गरिएको बताइन्।




कार्यक्रममा स्वागत मन्तब्य दिदै प्रमुख प्रशासकिय अधिकृत नेपाल सरकारका उप सचिव नाथु साहले हालको आर्थिक मन्दिका बेला पनि सबैले बिचार गरि बजेट ल्याएकोमा धन्यवाद दिएका थिए ।
नगर प्रमुख बिनोद साहले कलैया उप-महानगरपालिकाको बिकास कसैको प्रभाव वा दबाबमा परी कलैया सरकार पछि नहट्ने तथा यसका लागि नगर बासिले समेत साथ दिइरहेको बताएका थिए। कलैया बजारको कायापलट भैरहेको र यसमा सारा नगरबासी आफ्नो साथ समर्थन तथा सहयोग देखिएको बताए । सोहि अवसरमा मानवत मटिअर्वा को बाटो बारे चर्चा गर्दै नगर प्रमुख साहले चैत्र मसान्त भित्रै सम्पन्न हुने बताएका छन ।
सोही अवसरमा पालिका उत्कृष्ट कर्मचारी, करदाता, जग्गादाता तथा उत्कृष्ट शिक्षकहरु नगद र सम्मान पत्र सहित सम्मानित भएका छन्। नगर सभाको सञ्चालन जिन्सी शाखा प्रमुख नरोतम अधिकारीले गरेका थिए ।





