

शैलेश गुप्ता ४ फाल्गुन पोखरिया
पर्सा




को पोखरिया नगरपालीकाको बजार क्षेत्रमा आन्तरिक राजस्व कार्यालय विरगन्जले अनुगमन गरेको छ । अनुगमनको क्रममा पोखरिया बजार स्थित रहेको विभिन्न पसलहरु बन्द भएको प्रतयक्ष दर्शीहरुले बताएका छन । आन्तरिक राजस्व कार्ययालय विरगन्जका अनुगमनमा समातीए भने कार्वाहीमा पर्ला भने डरले ब्यापारीहरुले आ –आफना पसलहरु बन्द गरेको ब्यापारीहरुले बताए ।
तर यता आन्तरिक राजस्व कार्ययालय विरगन्जका कार्यालय प्रमुख टिकाराज चौलागाईका अनुसार अनुगमन गर्ने यस कार्यालयको नियमित काम नै रहेको र अनुगमन बाट ब्यापारीले नडराउन प्रमुख चौलागाईले बताए । यो अनुगमन पर्साको १४ वटै पालीकामा पालो पालो गर्ने बताए । अनुगमनमा ब्यापारीले विल ,विजक,गरेको छ की छैन कर कानूनको पालनामा कमजोरी देखिय कानून बमोजिम कारवाहीको प्रक्रिया अघि बढाईन्छ।
कमजोरि छैन भने निर्धक्क साथ व्यापार ब्यवसाय सञ्चालन गर्ने , यो नियमित अनुगमन हो। भागदौड गरियो भने आफैलाई समस्या हुन्छ प्रमुख चौलागाइले बताए ।





