

कलैया, बारा।

बाराको पचरौता न•पा बि•ओ•पि बेल्दारी अन्तगर्त पर्ने वार्ड न•४ गुलरिया बोडर्र मा डयुटीमा खटेका सशस्त्र प्रहरी जवान नाम नितिस कुमार यादवमाथि हाथपात गरिएको हो। आइतवार विहान करिब ९:३०बजेको समयमा पचरौता न•पा वार्ड न•१स्थित रहेका लव कुश डेरी उधोगका सञ्चालक बैधनाथ यादवका छोरा लव कुमार यादवले दुध, दही ढोवानी गर्ने गाडि नं म• प्र• ०३-००२स ३८६४ लिएर बोडर्रमा गएका थिए। सशस्त्र प्रहरीले चेकजाच गर्दा भनाभन भएको थियो। सोही विषय लाई लिएर वार्ड न• ५ का वडा अध्यक्ष लक्ष्मी यादवको नेतृत्व गएका १५, २० जनाको समुहले मेरो मान्छेको गाडि किन चेक गरेको भनेर हातपात गरिएको जनाइएको छ।



उक्त बिओपीका इन्चार्ज टेकबहादुर थापा संग बुझ्दा वडा अध्यक्ष लक्ष्मी यादवको नेतृत्वमा आएका अपराधिक टोलीले यस्तो कसुर गरेको बताएका छन्। अपराध संहिताको दफा ६६कोअनुसार सार्वजनिक शान्ति विरुद्धको कसुर अनुसार एक वर्ष जेल सजाय र १० हजार जरिवाना वा दुबै हुने व्यवस्था रहेको छ। मुलकी अपराध संहिताको परिच्छेदको २को ३१ नम्बर बुदामा व्यवस्था गरिएको कानुन अनुसार दईु वा दुई भन्दा बढी व्यक्तिको समूह बाट कुनै कसुर भएकोमा सो समुहका सबै सदस्यलाई त्यस्तो कसूरको सजाय हुने व्यवस्था रहेको छ।





