

कलैया, बारा।
बाराको कलैया उपमहानगरपालिका गैरजिम्मेवार भएकोले चोरहरु सेवाग्राही लाई लुट्न सफल हुने गरेका छन्।
मुख्य कार्यालयमा हरेक कोठा तथा कम्पाउन्डमा सि सि टिभि क्यामारा राखि आफ्नो सुरक्षाका लागि कालो पोशाकमा विशेष सुरक्षा प्रहरी राखी निगारानी गर्न लगाएका छन्। तर जनता संग प्रत्यक्ष सरोकार भएको मुख्य कार्यालय बाट ५० मिटर पूर्वमा रहेका शिक्षा शाखा, कृषि शाखा, पशु शाखा, समाजिक विकास शाखा, सहकारी शाखा तथा न्यायीक समितिको शाखा रहेकोे ठाउँमा बाटोमा सवारी साधन पार्किङ गराउदै आएपनि कुनै सुरक्षा व्यवस्था नराखी विभेद विभेद गरिएको प्रष्ट देखिन्छ।



मंगलबार शिक्षा शाखामा समाचार संकलन गर्न पुगेका भोजपुरी टाइम्स दैनिकका बारा प्रतिनिधि प्रभु यादव र रेडियो बाराका सञ्चालक रमेश साह चढेर गएका मोटरसाइकल ना ५४ प ९२७२ नम्वर को यमहा कम्पनीका सैलुटो शिक्षा शाखा अगाडि पार्किङ गरिएको गाडी चोरले चोरेको जानकारी प्राप्त भएको छ। अब त्यसको जिम्मेवारी कस्ले लिनु पर्ने भन्ने प्रश्न उपजिएको छ। मगलवार चोरी भएको मोटरसाइकल भन्दा पहिला तीन वटा चोरी भएको जानकारी प्राप्त भएको छ। मेयर विनोद साह, उपमेयर रोशन प्रविण र प्रमुख प्रशासकिय अधिकृत नाथु साह संग सि सि टिभी क्यामरा लगाउन भन्दाभन्दै समय खेर गएको तर कुनै वास्ता नगरेको शिक्षा शाखा प्रमुख प्रहलाद वर्णवालले जनकारी गराएका छन्।

प्रमुख प्रशासकिय अधिकृत नाथु साह संग बुझ्दा घर भाडामा भएकोले किला ठोक्न नदिएकोले सिसिटिभी कैमेरा जडान गर्न नसकेको भन्दै बहानामा आफ्नो बचाव गरेका छन्। जबकि मुख्य कार्यालयको उतर तर्फ्मा रहेको पर्खालमा पनि सिसिटिभी राखी निगरानी गर्न सकिन्छ तै पनि किन नराक्गिएको प्रश्न गर्दा उक्त ठाउँमा लगाइएको बताए तर आईटी शाखामा जनकारी लिदा अधिकृत सुरेश यादव अनुसार मुख्य कार्यालयको कम्पाउनड भित्रको लागि मात्र सिसिटिभि क्यामरा राखिएको हो त्यसमा बाहिरको दृष्य हेर्न सकिन्न भन्ने जानकारी दिएका छन्।
कलैया २ पकडीका मनोज चौधरी आफ्नो तीन वटा साईकल कार्यालयको काम गर्न आएको बेला चोरी भएको बताएका छन्। चोरी बारम्बार भए पनि स्थानिय सरकार मात्र आफ्नो सिंह दरबार सुरक्षित राखी सरोकार रहेको ठाउँ सुरक्षित नगरी गैरजिम्मेवार भएको कलैया ५ का सिकेन्द्र यादव बतावले बताए। चोरेको मोटरसाइकल को छतिपुर्ती कलैया उपमहानगरपालिका लाई दिनुपर्ने यादवले बताए।
कलैया उपमहानगरपालिका वडा नम्वर २ का राजेस कुमार अनुसार अहिले ईलेक्ट्रोनिक युगमा त्यसको उपयोग नगरेकोले स्थानिय सरकार दोषी रहेकोेले त्यस ठाउँमा हर्क गतिविधिको जिम्मेवारी स्थानीय सरकार लाई नै लिनुपर्छ र भन्ने आफ्नो विचार व्यक्त गरेका छन्। नगरप्रहरी लाई राखी जनता माथि शासन गर्नु बाहेक कुनै सुरक्षा नरहेकोले स्थानीय सरकारनै दोषी रहेकोे बताएका छन्।





