CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोकतान्त्रिक युवा संघको महत्वपुर्ण उदघोष, ८२ हजार युवा जाेडिने 

लाेसपा निकट लाेकतान्त्रिक युवा संघकाे ८२ हजार युवा जाेड्ने लक्ष्य 

फेटा GP PSA
5,159
सिम्रौन्गढ़ नपा psa

गौर, राैतहट । 

लाेकतान्त्रिक समाजवादी पार्टी निकट संगठन एवम् शुभेच्छुक संस्थाहरू सक्रिय रूपमा काम गर्न थालेका छन् । लाेसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीकाे प्रभारी ताेकेसँगै सबै संगठनहरू सक्रिय भएका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बुधबारमात्रै लोसपा नेपाल निकट लोकतान्त्रिक युवा संघले महत्वकांक्षी उदघोष गरेकाे छ । संघले २०८२ सालमा ८२ हजार युवाहरूलाई संगठनमा जोडने महत्त्वपूर्ण लक्ष्यका साथ अगाडि बढ्ने निर्णय गरेको छ । लोकतान्त्रिक युवा संघको आगामी रणनीति बारे सल्लाह सुझाबका निम्ति लोसपा नेपालको महासचिव तथा लोकतान्त्रिक युवा संघका प्रभारी मनिष मिश्र,लाेकतान्त्रिक युवा संघका केन्द्रीय अध्यक्ष सुजन यादव र संघका केन्द्रीय सचिव शैलेन्द्र ठाकुर सम्मिलित छलफल भई यस्तो निर्णय गरिएकाे हाे ।

लोकतान्त्रिक युवा संघले आफ्नो निति सिद्धान्त अनुसार काम गर्दै यही २०८२ सालमा ८२ हजार युवाहरूलाई संगठनमा जोड्ने लक्ष्य राखेको र सोही अनुरूप कार्यनिति बनाउने महासचिव एवम् युवा प्रभारी मिश्रले जानकारी गराउनु भएको हाे ।

मिश्र भन्छन् -“कुनै पनि देशको युवा शक्ति राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहककाे रूपमा लिइन्छ । पार्टीलाई अगाडि बढाउन युवाको महत्वपूर्ण योगदान नै प्रमुख हुने गरेको छ । ” ‘त्यसैले लाेकतान्त्रिक युवा संघले पनि यस्तो उदघाेष गरेको महासचिव मिश्रकाे भनाइ छ । ‘यस्तै लाेकतान्त्रिक युवा संघका केन्द्रीय अध्यक्ष सुजन यादवले भने-राजनीतिमा युवाकाे भूमिका महत्त्वपूर्ण भएकोले पार्टीलाई मजबुत बनाउन हामी ८२ हजार युवा जाेड्ने लक्ष्य राखेका छाैं । छिट्टै नै यसकाे थालनी गरिने उनले बताएका हुन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश