CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराका नाकाहरूमा सशस्त्र प्रहरीको संलग्नतामा तस्करी मौलाउँदै

फेटा GP PSA
375
सिम्रौन्गढ़ नपा psa

कलैया – बाराका विभिन्न सीमावर्ती नाकाबाट सशस्त्र प्रहरीको संलग्नतामा दैनिक लाखौं रुपैयाँ बराबरको तस्करी भइरहेको खुलासा भएको छ।

पिपरपाती र गोलागञ्ज नाका:
सशस्त्र प्रहरी बलको पिपरपाती गुल्म तथा बीओपी गोलागञ्ज नाकाबाट अरबिन्द, भोला, दीपक, जयगुरु, सन्दीप, मास्टर, नजुदिन लगायतलाई तस्करीको ‘लाइन’ दिइएको आरोप लागेको छ। पिपरपाती गुल्मका गुल्मपति डिएसपी राजनलाल श्रेष्ठले सेटिङ मिलाएर तस्करीको बाटो खुला गरिदिएको भनिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कबही गोठ नाका:
पिपरपातीकै मातहतमा रहेको कबही गोठ नाकाबाट फ्लावर व्यवसायी, माछाको काम गर्ने शम्भु, सुरेन्द्र, सियारामसहित दुई दर्जनभन्दा बढी व्यापारीहरूले भारतबाट भन्सारछली गरी तस्करी गरिरहेको जानकारी प्राप्त भएको छ।

मटिअर्वा नाका:
बाराको अर्को महत्त्वपूर्ण मटिअर्वा गुल्मको नेतृत्वमा रहेका डिएसपी उदयराज न्यौपानेले मटिअर्वा अन्तर्गत पर्ने बरैनिया बीओपीमार्फत बारा जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रदीप साह (गोल्डेन तस्करीको नामले चिनिने) लाई ट्रयाक्टरमार्फत रातभरि चिनी ल्याउने छुट दिएको आरोप लागेको छ। त्यस्तै, सुरेन्द्र साहले समेत सोही नाकाबाट चिनी तस्करी गर्दै आएको भनिएको छ। बीरेन्द्र समूहले दैनिक २०–२२ वटा मोटरसाइकलमार्फत किराना सामानको तस्करी गरिरहेको जनाइएको छ।

Karaiya Mai Notice Winter

घुमुवा परिचालन र सेटिङ:
सशस्त्र प्रहरी १२ नम्बर गणका एसपी खुमबहादुर केसीले जितपुर बेसमा कार्यरत विश्वासपात्र अमृत द्विवेदीलाई घुमुवाका रूपमा सादा पोशाकमा परिचालन गरिरहेका छन्। उनी ८–९ वर्षअघि पनि घुमुवा रहेकाले तस्करीका सबै ‘आईडिया’ भएको भन्दै एसपी केसीले उनलाई पुनः सोही भूमिकामा राखेका छन्।

ब्राजिलियन मकै तस्करी:
तेस्रो मुलुकबाट नेपाल ल्याइएको ब्राजिलियन मकै (स्वीट कर्न) मधेश र लुम्बिनी प्रदेशका सीमावर्ती नाकाबाट भारत तस्करी हुँदै आएको छ। उक्त मकै बाराको प्रसौनीमा भण्डारण गरी मुसहर्वा हुँदै रक्सौल पुर्‍याइने गरिन्छ।

तस्करी योजनाकारहरू:
यी नाकाहरूबाट तस्करीको योजना बनाउने र तस्करसँग सेटिङ मिलाउने मुख्य काम पर्साको प्राविधिक तालिम शिक्षालय पथलैयामा कार्यरत हवल्दार राजीब यादवले गर्दै आएको भनिएको छ। मधेश प्रदेशका ८ वटै जिल्ला हेर्ने गरी घुमुवाको जिम्मा सशस्त्र प्रहरी बलको मुख्यालयका डीएसपी सुदिप रेग्मीले दिएको चर्चा छ।

छानबिनका घटनाहरू:
सशस्त्र प्रहरी बलका हवल्दार सन्तोष यादव र सुनिल यादवले व्यापारीहरूसँग मिलेर तस्करीको लाइन चलाएको आरोपमा छानबिन भइरहेको छ। उनीहरूले तीन र दुईवटा मोबाइलमार्फत व्यापारीसँग सम्पर्क गरी लाभ लिएको प्रारम्भिक छानबिनमा खुलेको बताइएको छ।
तर, झापामा दरबन्दी भई सर्लाहीमा कार्यरत घुमुवा रोशन मिश्र भने अझै पनि यथावत् पदमा छन्। उनी सशस्त्र प्रहरी बलका वर्तमान आईजीपी राजु अर्यालको निकटतम भएकाले आफूलाई कसैले हल्लाउन नसक्ने भन्दै निर्धक्क सीमाबाट तस्करीको लाइन दिइरहेको स्रोतको दाबी छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश