CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भुमी संबंधित विधेयक बारे बिरोध गरेको निहुमा षड्यन्त्र पुर्वक शत्रुता मोल्दै : अध्यक्ष यादव

फेटा GP PSA
15,539
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

भुमी संबंधित विधेयक बारे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विरोध गरेको निहुमा सरकारमा रहेका सत्ताधारी केपि शर्मा ओली र शेरबहादुर देउवाले षड्यन्त्र गरि कुनै बहानामा देशको प्रमुख तीनवटै निकायको शक्ति पृथिकरण लाई बाधित गरि न्यायालय लाई प्रभावमा पार्दै राजनीतिक नियुक्ति र मनोनीतको अधारमा गरिएको नियुक्ति लाई दुरुपयोग गर्ने गरेको सार्वजनिक गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सरकारमा रहेका सत्ताधारीहरुले एकल नश्लीयचिन्तनको अधारमा आफ्नो कालो कर्तुत काण्डैकाण्डले मुच्छिएको कुरालाई ढाकछोप गरी आफ्नो ज्यान जोगाउनुको साथै मधेशी दल लाई बदनाम गरि पुनः जनता लाई भ्रममा पारी २०८४को चुनावमा आफ्नो प्रभुत्व जमाउने उद्देश्य राखि गौर घटनाको छानबिन गर्ने बहानामा सर्वोच्च अदालतले दिएको जालझेलपूर्ण परमादेशले मधेश जनविद्रोह र सहिदहरूको बलिदान माथि आघात पुगेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, बाराले मंगलबार विरोध प्रदर्शन गरेको छ। हिजो भन्दा आज नेपाल सरकारको लाइसेन्सी गुण्डा प्रहरी द्वारा काठमांडौमा गिरफ्तार गर्नुको साथै आधा दर्जनभन्दा बढी लाई घाइते समेत तुल्याएका छन। भने मधेशका केही जिल्लामा झडप समेत गरेका छन्।

Karaiya Mai Notice Winter

‎‎विरोधमा कार्यक्रम जसपा नेपाल बारा जिल्ला अध्यक्ष रमेश कुमार यादवको नेतृत्वमा गरिएको थियो। पार्टी कार्यालय सहभागीहरूले  “मधेश जनविद्रोह हाम्रो पहिचान हो”, “नस्लवादी सोच मुर्दावाद” जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए। उनीहरूले इन्सेकसहितका मानवअधिकार संस्थाले सार्वजनिक गरेका प्रतिवेदन लाई बेवास्ता गर्दै आएको सर्वोच्च अदालतको दृष्टिकोणले मधेशी जनताको संघर्षप्रति अन्याय गरेको आरोप लगाए। प्रमुख वक्ता चौगाई र सुशील यादवले भनेको कुरा लाई जोड दिदै जिल्ला अध्यक्ष रमेश यादवले भने भुमी विधेयकको विरोध गरेको निहुमा सरकारले आफ्नो निजि स्वार्थ सिद्ध गर्न नपाउदा जसपा नेपाल संग सत्रुतापूर्ण व्यवहार गर्दै झुठो मुद्दा लगाउने र अनुसंधानको बहानामा जेल कोचने मन्साय रहेको खुलासा गरेका छन। यो देशमा जोजो देश र जनताको हितमा कुरा गर्छ उसलाई सिध्याउने कार्य मात्र गरेको इतिहास रहेको छ। उदाहरणका लागि मदन भण्डारी, हालको अवस्थामा रवि लामिछाने लाई पनि अन्तिम इक्षा समेत सोधियो र हाल सम्म जेल मै सिमित पारेका छन्ल। अनुसंधानको बहानामा आज सम्म जेल मै यातना दिरहेका छन्।

‎बिराेध सभा जसपा नेपालकाे पार्टी कार्यालयबाट र्याली शुरु भई कलैयाको सहिद चौकमा काेण सभामा गरिएको थियोे । सभाकाे अध्यक्षता जिल्ला अध्यक्ष रमेश कुमार यादव तथा प्रमुख वक्ताकाे रुपमा केन्द्रिय सदस्य प्रकाश चौगाई, सुशिल यादव, अवधभुषण यादव, प्रमिला गिरी, धर्मबीर यादव, कमलेश मण्डल, रजित चौरसिया, दिपेन्द्र गौरव, सचिता यादव, लगायतका वक्ताहरु बिराेध सभामा मन्तब्य राखेका थिए। कार्यक्रममा अंगद कुमार सहनी लगायत सयौंको संख्यामा सहभागीहरु उपस्थित रहेका थिए। भने कार्यक्रम संचालन जिल्ला सचिव शम्भु गुप्ताले गरेका थिए।

‎विरोधसभामा गौर घटना मात्र राजनीतिक झडप नभई मधेश आन्दोलनकै निर्णायक मोड भएको उल्लेख गर्दै सहिदको बलिदान लाई न्याय नदिने न्यायालयको आदेशलाई अस्वीकार गर्ने चेतावनी दिए। प्रदर्शनकारीहरुले, “गौर घटना मधेश आन्दोलनसँग प्रत्यक्षरूपमा जोडिएको ऐतिहासिक सत्य हो, यसलाई तोडमोड गर्न नमिल्ने जनाउँदै सांकेतिक रूपमा न्यायालय लाई राजनीतिक प्रभाव वा आदेशमा न गएर शक्ति पृथिकरण लाई कायम गर्न आग्रह गरेका छन् ।

‎घटना भएकाे झण्डै १९ बर्ष पछि राजनिति पुर्वाग्राही राखि मुलुकमा संघियता र पहिचानकाे मुद्दा समाप्त पार्न राज्यले अदालतकाे प्रयाेग गरि षडयन्त्र गरेकाे जसपाका नेताहरु आराेप लगाएका छन्। ‎२०६३ साल चैत्र ७ गते गौरमा भएको घटनामा २७ जनाले ज्यान गुमाएका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश