CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोकसेवाले निकालेको विज्ञापन मधेशी जनताको हकहित विपरित : महतो

फेटा GP PSA
1,944
सिम्रौन्गढ़ नपा psa

काठमान्डौ १८ जेष्ठ l

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय साँसद राजेन्द्र महतोले लोकसेवाले निकालेको विज्ञापन मधेशी जनताको हकहित विपरित भएको बताएका छन् । स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी लोक सेवा आयोगले निकालेको विज्ञापनप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै मुलुक संघीयतामा गईसकेको बखतमा प्रदेशले गर्नुपर्ने विज्ञापन संघले गर्नै नमिल्ने उनले जीकिर गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता महतोले कर्मचारी समायोजन ऐन अनुसार लोक सेवा आयोगले एकमुष्ठ निकालेको विज्ञापन प्रत्येक स्थानीय तहको छुट्टाछुटै रुपमा मान्न नसकिने बताएका छन् । यो विज्ञापनले जनताको बलिदानीको प्रतिफलको रुपमा प्राप्त समानुपातिक समावेशी प्रतिनिधित्वको जन अधिकार कुण्ठित गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

वर्षौको संघर्षबाट प्राप्त समानुपातिक समावेशीको उपलब्धी विपरित आयोगले गरेको विज्ञापन प्रतिगमनमूलक रहेको तथा कुनैपनि बहानामा वा शर्तमा जनताको समानुपातिक समावेशी अधिकार हनन गर्न नपाइने हुँदा तत्काल उक्त विज्ञापन रोकी प्रदेश अन्तर्गतका आयोगहरुलाई समानुपातिक समावेशीको सिद्धान्त एवं मर्म अनुरुप हुनेगरी सच्याउन माग गरेका छन ।

यसका साथै जनताको अति महत्वपूर्ण समावेशीको यो सवाललाई राज्यले हलुको रुपमा लिए परिणाम गम्भीर हुनसक्ने चेतावनी समेत दिएका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश