CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अब को कांग्रेसमा महिला लाई उच्च प्राथमिकता मा राख्नु पर्छ : चौरसिया

फेटा GP PSA
1,921
सिम्रौन्गढ़ नपा psa
रौतहट //   प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको गत बैशाख २५ गतेबाट सुरु भएको राष्ट्रिय जागरण अभियान अन्र्तगत आज रौतहट जिल्लाको वृन्दावन नगरपालिका को वडा नं चार हर्षाहा गाछी मा आज जागरण अभियान सम्पन्न भएको छ । जागरण अभियान कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसियाले अभियानले काङ्ग्रेस कार्यकर्ताहरु मा बढेको नैराश्यतालाई हटाएर सुदृढ र ससक्त काङ्ग्रेस निर्माणमा सघाउ पुरयाउने विचार व्यक्त गर्नु भयो ।
अब को नेपाली मा महिला सहभागिता लाई उच्च प्राथमिकता मा राख्नु पर्छ। श्रीमती लाई चनाव लडाई श्रीमान ले सासन गर्ने प्रथालाई अन्तय गर्न को लागि महिला लाई अगाडी बढाउनुपर्ने अवस्था अब को नेपाली कांग्रेस आएको छ। कांग्रेस काग्रेस कै कारण मुलुकमा ठुला राजनीतिक परिवर्तनहरु भएको दाबी गर्दै काङ्ग्रेस कार्यकर्ताहरुलाई चुनावी पराजयबाट अलिकति पनि विचलित नभई लोकतन्त्र रक्षाका लागी सदैव लागि पर्न आग्रह समेत गर्नु भयो ।
कम्युनिस्ट सरकार आए रुन पनि पाइदैन भन्ने अभिव्यक्ति पार्टी सभापति शेर बहादुर देउवाको वर्तमान ओलि नेतृत्वको सरकारले प्रमाणित गर्दै लगेको जिकिर गर्नु भयो । नेपाली काँग्रेसका क्षेत्रिय ४ का क्षेत्रिय रामसिनेही राय यादव को सभापतित्वमा भएको जागरण अभियानमा वक्ताहरुले लोकतन्त्रको रक्षा काङ्ग्रेसले मात्र गर्न सक्ने भएकाले काङ्ग्रेस एक हुनुको कुनै विकल्प नरहेको बिचार राख्नु भयो ।
अभियानमा सहभागी काङ्ग्रेस नेताहरुले काङ्ग्रेस नेतृत्व प्रति तिब्र असन्तुष्टी जनाउँदै नेतृत्वकै कारण चुनावमा काङ्ग्रेसले आफ्ना एजेन्डा जनतासम्म पुरयाउने नसक्दा पराजय भोग्नुपरेको आरोप समेत लगाउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि श्री कृष्ण यादव, क्षेत्र नं ४ का सांसद देव प्रसाद तिमिल्सिना , प्रदेश सभा सदस्य धनलाल ठाकुर , नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरवस्ती आर्याल तिवारी ले लगायतको विशेष सहभागीता रहेको थियो । राष्ट्रिय जनजागरण अभियान कार्यक्रम को संचालन नेपाली कांग्रेसका क्षेत्रीय सचिव बच्चु साह कानु ले गरेका थिए।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश