CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहामा अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर

फेटा GP PSA
1,036
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,जेठ ३१ गते । केहि दिन देखि बढिरहेको गर्मिका कारण सिरहा सहित प्रदेश नं.२ को विभिन्न स्थानको जनजीवन अत्यनतै कष्टकर बनेको छ । लामो खडेरीका कारण पानी पर्न नसक्दा गर्मी बढ्नुका साथै जमिन तातेको छ । पानीका मुहान सुक्दा र जमिन तातो हुंदा दिउँसोको घाममा मानिसहरुलाई बाहिर निस्किन समस्या हुन थालेको छ ।
तापक्रम बढ्नुको साथै चल्ने तातो हावा, हुरी, धुलोका कारण जनजिवन यत्यन्तै कष्टकर बन्नुको साथैै ग्रामीण बस्तीहरुमा आगलागीको जोखिम समेत बढेको छ । गर्मिका कारण बजार क्षेत्रमा सर्बसाधारणहरुको चहलपहल समेत कम देखिन थालिएकोे छ भने अस्पताल परिसर भित्र बिरामिहरुको संख्या ह्वातै बढेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गर्मिका कारण अस्पतालमा बढि बृद्ध र बालबालिका आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाका प्रमूख डा.राकेश यादवले बताए ।
गमिले गर्दा बढि झाडापखाला,ज्वरो,टाइफाइड जस्ता बिरामिहरु प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयामा आउने गरेको डा.राकेश यादवले बताए । उनले गर्मि महिनामा खाना फोहर तथा दुषित पानी, बासी तथा सडेगलेका खाना, लामखुट्टेको टोकाई, गर्मीमा पसिना बढि निस्कदा हुने पानीको कमीका कारण अहिले विरामी बढ्दै गएको प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाका प्रमूख डा.राकेश यादवले बताए ।
जेष्ठ महीनाको तेस्रो सातामै गर्मीको पारो ४० डिग्रीभन्दा माथि गइसकेकाले आगामी दिनमा तापक्रम अभैm बढी हुनसक्ने सम्भावनो छ ।
अहिले बाहिर निस्किँदा छाता प्रयोग गर्नुपर्ने, चिसो पानी प्रसस्त पिउनु पर्ने र चिसो फलफूल मेवा, उखु, तरभुजा, काँक्रा आदिको सेवन अत्यधिक गर्न चिकित्सकहरुले सल्लाह दिएका छन् ।

गर्मीका कारण बजारमा मानिसहरुको चहलपहल कम भएको देखिन्छ । चर्को घामसँगै तातो हावा चल्दै जीवनयापनसमेत प्रभावित बनेका छन । सिरहा जिल्लामा ३४ देखि ४० डिग्री सेल्सियस् सम्म तापक्रम रहेकाले खुला ठाउँमा काम गरेर गुजारा गर्ने मजदुरहरुको जीवन अरुको भन्दा बढी कष्टकर बनेको कल्याणपुर नगरपालिका वडा नं.६ मा वस्ने करिव ३९ वर्षका यूवा नेता प्रदिप कुमार साहले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश