CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाल विवाह बिरुद्ध किशोर किशोरी समुह्को क्षमता अभिवृद्धि तालिम सम्पन्न 

तालिम पछी बाल विवाह बिरुद्ध निगरानी समुह गठन

फेटा GP PSA
1,437
सिम्रौन्गढ़ नपा psa

प्रभू यादव, बारा ।।  बाल विवाह बिरुद्ध किशोर किशोरी समुह्को क्षमता अभिवृद्धि तीन दिने तालिम पछी बाल विवाह बिरुद्ध निगरानी समुह गठन भएको छ । किशोर किशोरीहरुमा भए गरेका बिकृति विसंगतिको अन्त्यका लागि क्षमता अभिवृद्धि गर्ने तालिमको आयोजना गरिएको थियो।

बिभिन्न राजनीतिक, सामाजिक तथा लैंगिक असमानताका सिकार बालबालिका नै हुने गरेकोले किशोर किशोरीहरुलाई क्षमता अभिवृद्धि गरि समाजलाई राम्रो समाज र सुन्दर अनि सम्बृद्ध समाजको निर्माणका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम समापन भएको आयोजक संस्थाले बताएको छ । बारा जिल्लाको बिभिन्न ठाउहरुमा तालिम दिएर एउटा संजाल नै तयार गरि सामाजिक क्षेत्रमा कार्य गरि रहेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

खास गरेर बालविवाहले गर्दा समाजमा निकै नराम्रो असर गरिरहेकोले त्यसको बारेमा तालिमको माध्यम बाट बालविवाह अन्त्यका लागि क्षमता अभिवृद्धि तालिम बाराको करैया माइ गाउपालिका वडा न. ७ उमजन र बारागढ़ी गाउपलिका वाडा न. १ मा तालिम समापन भएको छ । निगरानी समुहमा २० जना अभिभावकहरु लाई सहभागी गराई समुह गठन गरिएको छ । समुहमा खास गरेर विवाह गराउने पण्डित, हजाम, मौलवी लगायत मुख्य भूमिका निर्वाह गर्ने व्यक्तिहरु लाइ सहभागी गरि निगरानी समुह गठन गरिएको छ।

Karaiya Mai Notice Winter

करैया माइ गाउपालिकाका वाडा अध्यक्ष ब्रिज चौधरी लाइ अध्यक्ष पदमा राखी उपाध्यक्ष मैना देवी चौधरी, सचिव महिन्द्र सहनी, स.सचिव जगत गोसाई, कोषाध्यक्ष हेमनति कुमारी चौधरी र वाडा सदस्य हरु लाइ सदस्यमा तथा किशोर किशोरी समुहका अध्यक्ष रिया चौधरी, रोहण चौधरी, उपरोहित उपन् दुवे, उपेन्द्र मिश्रा, हजाम राजु ठाकुर लगायत २० जनाको निगरानी समुह गठन गरिएको छ । त्यस्तै वाडा अध्यक्ष राम खेलावन चौधरी लाइ अध्यक्ष पदमा राखी उपाध्यक्ष राजिता चौधरी, सचुवमा संजय चौधरी, ससचिवमा अस्तुती चौधरी, कोषाध्यक्ष बैधनाथ चौधरी रहेका छन् भने वाडा सदस्य हरुलाई सदस्य पदमा राखिएको तथा अन्य  सदस्य भुलन मिश्रा पण्डित,लगायतका अभिभावक हरु  किशोर किशोरीहरुलाई उमजनको श्री जनता मा.बि उमजन बारामा तालिम समापन पछी निगरानी समुह गठन गरिएको छ।

बालविवाह भनेको केहो ? ,नेतृत्व विकास ,किशोरकिशोरी हिंसा ,दुर्ववहार ,चेलिबेटी बेचविखन, बाल बिवाह गर्दा के हुन्छ, त्यसका असरहरु केके हुन् भन्ने बारेमा जानकारी गराई बालविवाह निरुत्साहित गर्ने बारे निगरानी समुहलाई पनि तीन दिने तालिम दिने योजना रहेको हाम्रो प्रयासले जनाएको छ । किशोर कोशोरीहरुले समाजमा बिभिन्न कुराहरुको असमानता, भेदभाव आदिको अन्त्य गर्ने बारे छलफल गरि समाजमा भएगरेका समस्याहरु कसरि समाधान गर्ने सम्बन्धमा बृहत छलफल गरि समाधान गर्ने बारे निसकर्स निकाल्ने छन् ।

बाल बिवाहले गर्दा शारीरिक मानसिक एवं सामाजिक रुपले परिपक्क नभएकोले जीवनमा धेरै समस्या हुने गरेकोले किशोर किशोरी लाइ नै यसको बारेमा सचेत हुनु जरुरि रहेकोले उनीहरु लाई लक्षित गरि तालिम दिएर अभिभावकहरु लाई सचेत एवं जानकार बनाउने उदेश्यले तीन दिने तालिमको आयोजना गर्ने हाम्रो प्रयासका कार्यक्रम संयोजक ओमप्रकास गिरीले जानकारी गराए ।

तालिममा हाम्रो प्रयासका संचारकर्मी प्रभु प्रसाद यादव, संदेश सुबेदी, बालअधिकारकर्मी दिपेश बिसुन्के, अक्सफाम का लालबाबु कुशवाहा आयोजक संस्थाका अध्यक्ष अन्जना बिसुन्केले प्रशिक्षण दिएको कार्यक्रम संयोजक गिरीले जनाए । कार्यक्रममा सामुदायिक सहजकर्ता आरती चौधरी र रिमा चौधरीले सहजीकारण गरिरहेका थिए ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश