CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अपराध अनुसन्धान एवं शान्ति सुरक्षा कायम गर्ने कार्यमा कानुनसम्मत कठोर हुनुपर्ने -प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

फेटा GP PSA
659
सिम्रौन्गढ़ नपा psa

कास्की, २३ असार

Karaiya Mai Notice Winter

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अनुसन्धान टिमलाई अझै बलियो बनाई हरेक अनुसन्धान सफल पार्न प्रहरी कर्मचारीहरु कटिबद्ध हुनुपर्ने बताउनुभएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कास्कीको पोखरास्थित सम्पूर्ण प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत एवम् कार्यालय प्रमुखहरुलाई सोमबार पोखरामा निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

अपराध अनुसन्धान एवं शान्ति सुरक्षा कायम गर्ने कार्यमा कानुनसम्मत कठोर बन्दै उत्कृष्ट काम गर्न प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । दक्षिण एशियामै नेपाल प्रहरी उत्कृष्ट भएको चर्चा गर्दै उहाँले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायमको साथै समाज सुधारका काममा अझै उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्दै काममा चुस्त दुरुस्त रहनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले बर्दीको इज्जत र प्रतिष्ठा कायम राख्न असल चरित्र भएकासँग मात्र संगत गर्नुपर्नेमा जोड दिनुभयो । कार्यालय व्यवस्थापन, सरसफाई, व्यक्तिगत टर्नआउट लगायतका काममा विशेष ध्यान दिन निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले कार्यालयको अभिलेख, योजना र अनुगमनलाई थप चुस्त दुरुस्त रुपमा प्रस्तुत गर्नपर्ने बताउनुभयो ।

नेपाल प्रहरीका रणनीति, योजना र दृष्टिकोणहरु तल्लो तहसम्म पुर्‍याउन सबैले पहल गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले उच्च मनोबल र नैतिक परिवर्तनका लागि संगठनद्वारा अवलम्बन गरिएका नीतिलाई गम्भीरतापूर्वक लिई सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । सूचना प्रविधि, बेरुजु फर्छौट लगायतका काम कारबाहीमा नेपाल प्रहरी अब्बल भई पुरस्कृत भएको चर्चा गर्दै उहाँले सूचना व्यवस्थापन लगायतका कामतर्फ ध्यान दिई प्रहरीका सकारात्मक कामलाई प्रकाश पार्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उक्त अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेको समेत उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश