CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कमिसनको चलखेलले मोतिवाग डुवानमा

फेटा GP PSA
524
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।।

कमिसनको चलखेलले कलैया उपमहानगरपालिका वडा नम्वर १ मोतिवाग डुवानमा परेको छ ।  लगातार पाँच दिन देखि परेको अविरल वर्षाको पानीको उचित निकास नभएकोले मोतिवाग डुवानमा परेको हो । नेकपाका युवा नेता मुकेश साहले २० वर्ष पछि आएको जनप्रतिनिधि कमिसनमा लागेकोले नै आज उपमहानगरपालिकाको यस्तो दुरदर्शा भएको बताउछन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

समयमा जनप्रतिनिधि सचेत भएन भने नगरिक चुप लागेर नबस्ने उनि बताउछन । गाउ गाउमा सिह दरवार नारामा मात्रै सिमित रहेको उनको तर्क रहेको छ । विकासको नाममा ताण्डव मचाएका जनप्रतिनिधिले समयमा काम नगरी असारे विकासको बजेट झवाम्म पार्नु र अहिले सम्म अख्तियारको निगरानी नजानु शंकाको विषय रहेको उनि बताउछन ।

Karaiya Mai Notice Winter

हजार घुस लिने कर्मचारीलाई पक्राउ गर्ने अख्तियारले करोडो करोड विकासको रकम झवाम्म पार्ने उपमहानगरपालिकाका जनप्रतिनिधिमा नजर नजानु विडम्वनाको कुरो रहेको साह बताउछन । वडा नम्वर १ मा सडक मर्मत सम्भारको लागि ८५ लाखको बजेट पानी परेको बेला बजेट स्वाहा गर्ने जनप्रतिनिधिलाई कुनै कारवाहि नगर्नु निगरानी गर्ने निकाय नै शंकाको घेरामा रहेको उनि बताउछन ।

मोतिवाग त उदाहारण मात्रै हो बाराका १६ वटै स्थानिय तहले अहिले सम्म विकासको फडको मार्न नसक्नु दुखद कुरा रहेको उनले बताए । वडा नम्वर १ मोतिवागमा बस्ने उधोग वाणिज्य सँघका सदस्य शषिभुषण केशरीका अनुसार जनप्रतिनिधिले विकासलाई खेलवाड सम्झेकोले कलैया डुवानमा परेको हो । बजेट पचाउन असारे विकास गरेकोले विकासको गति अघि बढन नसकेको केशरी बताउछन ।

समयमा बाटोघाटो नाला निमार्ण गरेको भए वर्षायामको पानी निकास भए बस्ती डुबानमा नपर्ने उनले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश